१० मंसिर २०८१, सोमबार
शिक्षण अस्पताल कोहलपुरमा डायलासिस सेवा सुचारु

डायलाइसिस सेवा बन्द हुँदा साउनयता मात्रै ३३ जनाको मृत्यु


  • टाइम्स संवाददाता

  • २९ मंसिर २०७९, बिहीबार ११:३३

बांके, कोहलपुर: नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा डायलासिस सेवा बिहिबार आजदेखि सुचारु भएको छ । डायलासिस सेवा नहुदा सेवाग्राहिहरु प्रभाबित भएका थिए । सेवा सुचारुसंगै सेवाग्राहिरु लाभान्भित हुने शिक्षण अस्पताल कोहलपुरले बिश्वास

साउनयता डायलसिस सेवा नियमित हुन सकेको थिएन । शिक्षण अस्पतालले दोस्रो पक्ष ( मेडिकल कलेजले निजी सेवा प्रदायक कम्पनी बिरंग हेल्थ केयर प्रालि )सँग  ठेक्का सम्झौता गरि डायलासिस दिंदै आएकोमा दोस्रो पक्षले मेसिन समेत किन्न नसक्दा सेवा प्रभाबित बनेको शिक्षण अस्पताल स्रोतले कोहलपुर टाईम्सलाई जनाएको छ ।

आज बिहिबारदेखि शिक्षण अस्पताल कोहलपुरले  ६ वटा मेसिनबाट  डायलासिस सेवा सुचारु गरेको कर्मचारी संगठनका निवर्तमान सभापित कुश्माखर बस्यालले कोहलपुर टाईम्सलाई जानकारी दिए । डायलसिस सेवा दिन नसक्दा बिरामीको अकालमै मृत्युवरण गरिरहेको स्विकार्दै शिक्षण अस्पतालमा डायलाइसिस सेवा बन्द हुँदा साउनयता मात्रै ३३ जनाको मृत्यु भएको अस्पतालको  अभिलेख भएको पाईएको छ ।

साउनयता डायलसिस सेवा नियमित हुन नसक्दा बिरामीको अकालमै मृत्यु भएको अस्पतालको तथ्यांकले देखाउँछ अस्पताल स्रोतले भन्यो अस्पतालको विवरण अनुसार, साउनअघि नियमित डायलसिस गराइरहेका ५७ बिरामी थिए । डायलसिस सेवा अवरुद्ध भएपछि त्यो संख्या घटेर अहिले १७–१८ मा सीमित भएको छ । अस्पताल स्रोतका अनुसार केही मेसिनहरु विग्रीएकाले  प्रादेशिक अस्पताल दाङबाट तीन वटा मेसिन झिकाएर अहिले डायलाइसिस सेवा नियमित भएको हो ।

 

Nabintech