१० मंसिर २०८१, सोमबार
ताइवानमा ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प

  • टाइम्स संवाददाता

  • २९ मंसिर २०७९, बिहीबार १३:४०

एजेन्सी: ताइवानको पूर्वी तटमा बिहीबार ६.२ म्याग्निच्युडको भूकम्प गएको र त्यसपछि धेरै हल्का परकम्पन गएको त्यहाँको मौसम विभागले जनाएको छ। बिहीबार मध्याह्नमा हुलियान काउन्टीको तटबाट झण्डै ३० किलोमिटर टाढा ६ किलोमिटर गहिराइमा केन्द्रविन्दु रहेको जनाइएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षणले संस्थाले यो भूकम्प ५.९ म्याग्निच्युडको भएको र १२ किलोमिटर गहिराइमा रहेको जनाएको छ।

क्षति वा हताहतको तत्काल कुनै समाचार प्राप्त भएको छैन। ताइवानमा भूकम्पको धक्का धेरै कम महसुस रिएको मौसम विभागको भूकम्प विज्ञान केन्द्रका प्रमुख चेन कुओ–चाङले पत्रकारहरूलाई जानकारी दिए।

‘अहिलेसम्म आठवटा परकम्पन गएको छ र हामीले आगामी तीन दिनमा थप परकम्पन आउने अनुमान गरेका छौँ’‚ चाङले भने‚ ‘ताइवानको सबवे र रेलवे कम गतिमा चलिरहेका छन् तर सेवा रोकिएको छैन।’ गत सेप्टेम्बरमा ताइवानको पूर्वी तटमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। यसमा परी एक व्यक्तिको ज्यान गएको र केही भवन ढलेका थिए।

Nabintech