बैजनाथ ,बाके: बैजनाथ गाउँपालिका खेलकुद बिकास समितिको आयोजनामा नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय बैजनाथ ७ पेडारीको खेलमैदानमा आयोजना हुने बैजनाथ गाउँपालिका स्तरीय उप प्रमुख कप अन्तर प्रतियोगिता २०७९ को सम्पुर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ।
पत्रकार सम्मेलनमा बोल्दै बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले सम्पुर्ण तयारी पुरा भैसकेको बताउदै ऐतिहासिक रूपमा बैजनाथ गाउँपालिकाले कुल १५ बिधामा प्रतियोगिता हुने बताए ।
बैजनाथ गाउँपालिकाका ३१ सामुदायिक बिद्यालय र १३ निजि बिद्यालयहरु गरि जम्मा ४४ बिद्यालयहरुको दर्ता भैसकेको बताउदै उक्त पत्रकार भेटघाटमा अध्यक्ष शाहिले आधारभुत तह र माध्यमिक तह गरि दुई तहमा खेल खेलाईने जानकारी दिए । प्रतियोगिता मंगलबारबाट शूरु भईसकेको छ ।
प्रतियोगीतामा सहभागी बिद्यालयका बिद्यार्थीहरु र शिक्षकहरुलाई आवासका लागी समेत ब्यवस्था भएको बैजनाथ गाउपालिका खेलकुद बिकास समितीका अध्यक्ष महाबिर थारुले जानकारी दिएका छन । कार्यक्रममा बैजनाथ गाउपालिकाका उपाध्यक्ष निर्मला रोकाय , सामजिक बिकास समितीक संयोजक भुमिसरा राना वडा न ७ का वडा अध्यक्ष दिनेश कुमार थारु लागायतको सहभागीता रहेको थियो ।