१० मंसिर २०८१, सोमबार
बालशिक्षा आधारभुत बिद्यालयमा २९ बर्ष देखि भौतिक पुर्वाधारको अभाब

बिद्यालयमा आधारभुत आबश्यकता भौतीक पुर्वाधार ,खानेपानी र शौचालय समेत नभएको पाइयो


  • प्रमोद रिजाल

  • ७ पुष २०७९, बिहीबार १४:११

कोहलपुर ,बाँके: जिल्लाको कोहलपुर नगरपालिकाको वडा न १३ मा रहेको श्री बालशिक्षा आधारभुत बिद्यालयमा बालबालिकाहरु २९ बर्ष देखि भौतिक पुर्वाधारको अभाबमा पढदै आएका छन ।कयौै सरकार परिवर्तन भए, ब्यवस्था पनि परिर्बतन भयो तर यस बिद्यालयको भौतिक पुर्वाधारको अभाब भने सधै खड्कीरह्यो ।

चालु आर्थिक बर्षमा बिद्यालयको वरिपरि तारबार गर्ने र बिद्याथीहरुको संख्या बढाउनको लागी पहल गर्ने कोहलपुर नगरपालिका वडा न १३ का वडा अध्यक्ष डम्बर बहादुर खडकाले कोहलपुर टाईम्सलाई बताए ।बिद्यालयको कम्पाउन्ड तारबार नहुदा कयौ बिद्यार्थीहरु नजिकै रहेको खोलाको जोखिममा समेत रहेको हुदा सरोकारवाला निकायहरुको अहिलेसम्म ध्यान नपुग्दा आफु चिन्तीत रहेको बाल शिक्षा अधारभुत बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष डम्बर बि.क.ले बताए ।

कोहलपुर नगरपालिका भित्र रहेको वडा न १३ को यस बिद्यालयको भौतीक पुर्वाधार ,खानेपानी र शौचालयको समेत अभाब हुनुका साथै बिद्यार्थीहरुको सख्यामा समेत कमी पाईएको छ । भौतीक पुर्वाधार,खानेपानी र शौचालय जस्ता बालबालिकाका आधारभुत आबश्यकता परिपुर्ति गर्नु पर्ने शिक्षक अभिभाबक सघका अध्यक्ष टेक बहादुर डागी बताउछन ।

अभाबै अभाबका बिच पनि शिक्षकहरुको अथक मिहिनेतले बिद्यालयका बिद्यार्थीहरुको पढाइलाई गुणस्तर बनाउनको लागी आफु लागेको श्री बाल शिक्षा अधारभुत बिद्यालयका प्रध्यानध्यापक टर्क बहादुर खत्री कोहलपुर टाईम्सलाई बताए । बिद्यालयको भवन टिनको छानोले छाएको हुदा गर्मीमा अत्याधिक गर्मि र जाडो मौसममा अत्याधिक चिसो हुदा यहा अध्यनरत बिद्यार्थीहरुलाई समस्या हुदै आएको छ । खानेपानी, शौचालय ,र खेलमैदन तारबारको प्रमुख समस्या रहेको शिक्षक लिलाराज वली बताउदछन ।

बिद्यालय कक्षा ९ सम्म सन्चालनमा रहेको भए पनि बिद्यार्थी सख्या जम्मा २८५को हाराहारीमा रहेको छ । बिद्यालय प्रति बालबालिकालाई आर्कषित गर्न बिशेष कार्यक्रम सञ्चालन गर्न सरोकारवाला निकायको तत्काल ध्यान जानु पर्ने देखिन्छ होइन भने कोहलपुरलाई ”शैक्षिक हब” बनाउने नारा नारामा मात्र सिमित हुनेमा दुई मत छैन ।

Nabintech