कोहलपुर, बांके: कोहलपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष हरि कठायतको कार्यकक्षमा तोडफोड भएको छ । बिहिबार दिउसो करिब साढे १२ बजेको समयमा कार्यकक्षमा तोडफोड भएको वडा अध्यक्ष कठायतले बताएका छन् ।
बिहान मलाई ज्यान मार्ने धम्कीको फोन आएको थियो तर एक्कासी दिउसो कार्यकक्षमा तोडफोड भयो । वडा अध्यक्ष कठायतले कोहलपुर टाईम्ससंग कुराकानीमा भने, अहिले शंका लागेका तीन जना व्यक्तिहरुलाई सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।
तर के कारणले तोडफोड गरेका हुन र किन तोडफोडमा उत्रेका हुन भन्न यसै सकिने परिस्थिती छैन वडा अध्यक्ष कठायतले कोहलपुर टाईम्स संग भने । घटना स्थलमा अहिले प्रहरी पुगेर अनुसन्धान थालेको छ भने घटनाको बिबरण आउन बांकि रहेको कोहलपुर प्रहरीले जनाएको छ ।