कोहलपुर, बांके: आज शुक्रबार ८ गतेदेखि ११ गते सम्म कोहलपुरको कृष्ण मा.वि. कौशिलानगरमा आयोजना हुने छैटौं मेयर कप तथा १५ औं राष्ट्रपति रनिङ शिल्डको समुदघाटन कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिती बांकेका प्रमुख ज्ञानेन्द्र चौधरीले उदघाटन गरेको उक्त रनिङ शिल्डको उदघाटन शत्रमा ३७ बिद्यालयले मार्चपास गर्दै प्रमुख अतिथीलाई सलामी दिएका थिए भने प्रमुख अतिथीले पनि पिर्का माथिबाट सलामी फिर्ता गरेका थिए ।
कोहलपुर नगरपालिका र केन्द्रिय सरकारको ७ लाख र स्थानिय बिद्यालयहरुको १ लाख ८५ हजार आर्थिक सहयोगमा सम्पन्न हुने यस छनौट प्रतियोगितामा जम्मा १५ खेल खेलाईने छ । प्रतियोगिता कोहलपुर नगरपालिकाको आयोजना तथा कृष्ण माध्यामिक विद्यालयको संचालन तथा व्यवस्थापनमा सुरु भएको हो ।
उदघाटन शत्रमा बोल्दै प्रमुख अतिथी समेत रहेका चौधरीले खेलकुदले बालबालिकाको शारीरिक र मानसिक विकासमा सहयोग पुग्ने बताए।
कार्यक्रममा कोहलपुर नगरपालिका प्रमुख एवं प्रतियोगिता संचालन मूल समितिका संयोजक पुर्ण प्रसाद आचार्यले विद्यालय स्तरमा खेलकुदलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताए। नगर प्रमुख आचार्यले स्थानिय सरकारको न्यून स्रोतको हुदा पनि विद्यार्थीले उत्कृष्ट खेल प्रदर्शन गरेको बताउदै आगामी वर्षदेखि रनिङ्गशील्डको रकम दोब्बर गरिने घोषणा गरे।
मेयर आचार्यले बाल बालिकाको सर्वाङ्गिण बिकासका लागि खेल जिवनको महत्त्व रहेको बताए। मेयर आचार्यले शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउन खेलकुदलाई पनि सगसगै अगाडि बढाउनुपर्ने बताए। मेयर आचार्यले यश वर्षको सर्बोकृष्ट खेलाडीलाई ब्यक्तिगत रुपमा ५१ हजार नगर पुरस्कार दिने प्रतिबद्धता जनाए ।
उदघाटन कार्यक्रममा स्वागत मन्तब्य कोहलपुर नगर खेलकुद विकास समितिका बुद्धि थापाले तथा रनिङ्गशील्डको व्यवस्थापनको बारेमा कृष्ण मा. वि. का प्र.अ. दिलिप वलीले जानकारी गराएका थिए।
उदघाटन कार्यक्रममा राखेपका बोर्ड सदस्य एल. बि. क्षेत्री ,कोहलपुर नगरपालिकाका उप प्रमुख संगिता सुवेदी, कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल,कोहलपुर नगर शिक्षा शाखा प्रमुख राम बहादुर हमाल,वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,विभिन्न राजनीतिक दलका प्रतिनिधि ,शिक्षक,विद्यार्थी तथा खेलप्रेमीहरुको सहभागीता रहेको थियो।
उदघाटन कार्यक्रममा विभिन्न बिद्यालयहरुले मार्चपास पर्दशन गरेका थिए । आजै खेल प्राविधिकका तर्फ बाट महेश चन्द र खेलाडीका तर्फबाट गोरखा युनाइटेडका खेलाडी प्रेम बहादुर बुढाथोकीले सफत ग्रहण गरेका थिए।
भिडियो