५ माघ २०८१, शनिबार
स्काईभेटर जलाइएको घटनाप्रति खेद प्रकट गर्दै विज्ञप्ति जारी

  • टाइम्स संवाददाता

  • २२ माघ २०७८, शनिबार १६:०६

बाँके : नेपाली काँग्रेस १ नम्बर क्षेत्रीय समिती बाँकेले गत माघ १८ गते बाँकेको राप्तिसोनारीमा अज्ञात समुहद्वारा स्काईभेटर जलाइएको घटनाप्रति खेद प्रकट गर्दै आगजनी गर्ने व्यक्तिरसमुहलाई पहिचान गरी तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

नेपाली काँग्रेस बाँके १ नम्बर क्षेत्रीय कार्यसमितिका सचिब खुमबहादुर बस्नेतले शनिबार एक प्रेस बिज्ञप्ति जारी गरी उक्त घटनाप्रति खेद व्यक्त गर्दै कारबाहीको माग गरेका हुन ।

बिज्ञप्तिमा राप्तिसोनारी गाउँपालिका वडा नम्बर २, मसुरी बगरको लामाचौरमा राष्ट्रमुखी निर्माण सेवाका प्रोप्राईटर गौरव रावलले नियम संगत राजस्व रकम तिरी स्टक गरी राखेको नदी जन्य पदार्थ राप्तिसोनारी गाउँपालिकाबाट स्टक प्रमाणित समेत गराई उठाई लैजाने प्रयोजनका लागि पार्किङ गरी राखिएको भे१क ११११ नम्बरको स्काईभेटर गत माघ १८ गते राती लगभग १० बजेको समयमा अज्ञात समुहद्वारा आगजनी गरेको घटनाप्रति नेपाली काँग्रेस बाँके १ नम्बर क्षेत्रीय कार्यसमितिद्वारा खेद व्यक्त गरेको जनाइएको छ ।

सचिब बस्नेतद्वारा जारी बिज्ञप्तिमा ‘कानुनी शासनलाई चुनौती दिदै गरिएका यस्ता अराजक जघन्य अपराधमा संलग्न जो सुकै व्यक्ति वा समुहमाथि आवश्यक अनुसन्धान गरी तत्काल नियन्त्रणमा लिई कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारबाही गर्नका लागि सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछ । साथै उक्त आगजनीबाट भएको क्षतिको उचित मूल्याकंन गरी क्षतिपूर्ति दिन समेत माग गर्दछौं ।’ भनिएको छ ।

बिज्ञप्तिमा अगाडी भनिएको छ, ‘यदी यस घटनालाई गम्भीरतापुर्वक नलिई आवश्यक अनुसन्धान प्रक्रिया पूरा नगरी घटनामा संलग्न जो सुकै व्यक्ती वा समुहलाई कानुनी दायरामा नल्याएमा नेपाली काँग्रेस १ नम्बर क्षेत्रीय कार्यसमिति बाँके कडा भन्दा कडा कदम चाल्न बाध्य हुने कुरा समेत यसै बिज्ञप्ति मार्फत जानकारी गराउँदछौं ।’

सो निर्माण सेवाका प्रोप्राईटर गौरव रावल नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि तथा नेपाल तरुण दल कोहलपुर नगर उपसभापति समेत रहेको बिज्ञप्तिमा जनाइएको छ ।

Nabintech