७ बैशाख २०८१, शुक्रबार
रुकुम(पुर्व)मा ‘खोज र खोप अभियान’ सञ्चालन

  • टाइम्स संवाददाता

  • २६ माघ २०७८, बुधबार १७:०६

रुकुम(पुर्व)मा ‘खोज र खोप अभियान’ सञ्चालन

रुकुम(पुर्व) : जिल्ला कोभिड— १९ सङ्कट व्यवस्थापन केन्द्र रुकुम(पुर्व) ले कोभिड– १९ विरुद्धको खोपमा सबै नागरिकको सहज पहुँच पुर्याउने उद्देश्यले ‘खोज र खोप अभियान’ सञ्चालन गरिने भएको छ ।

कोभिड—१९ विरुद्धको खोप लगाउने लक्षित जनसङ्ख्या धेरै छुटेकाले उनीहरुका लागि समुदाय स्तरमा यो अभियान सञ्चालन गर्न लागिएको केन्द्रले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको केन्द्रको बैठकले अभियानलाई सफल बनाउनका लागि केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाको नेतृत्वमा समुदायस्तरमा जाने निर्णय गरेको हो ।

अन्य जिल्लाको तुलनामा रुकुम (पुर्व) मा खोप कार्यक्रमको पहुँचमा नपुगेका मानिस बढी भएको भन्दै पालिकाबाट सञ्चालन खोप कार्यक्रमको क्षेत्र विस्तार गर्नुपर्ने निष्कर्ष छलफलबाट निस्किएको छ । जिल्लामा खोप थन्किएको छ । खोप लगाउने मान्छे नआउँदा भने खोप कार्यक्रम प्रभावित बन्न पुगेको बताइएको छ ।

भूमे र सिस्ने गाउँपालिकामा खोप कार्यक्रम सञ्चालन भएपनि पुथाउत्तरगङ्गा गाउँपालिकामा खोप लगाउन मानिस नआउँदा कार्यक्रम नै प्रभावित हुन पुगेको स्वास्थ्य कार्यालय रुकुम(पुर्व)ले जनाएको छ ।

Nabintech