कञ्चनपुर ः दोधारा चाँदनी नगरपालिका–२ मा स्यालको टोकाइबाट ८ जना घाइते भएका छन्। शनिबार दिउँसो घर नजिक घाँस काटी रहेका उनीहरुलाई स्यालले टोकेको हो ।
स्यालको टोकाइबाट सरिता पुजारा, सिता पुजारा, माधवी धामी, प्रेम सिंह धामी, कलावती जोशी, बेलमती जोशी, कल्पना जोशी र सुनिता भाट घाइते भएको दोधारा चाँदनी– २ का वडाध्यक्ष पदम रावलले बताए।
स्यालले टोकेपछि दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएका उनीहरुमध्ये सता पुजारा, सरिता पुजारा र बेलमती जोशी बाहिर रिफर गरिएका छन्। स्थानीय र प्रहरीले स्याललाई मारिदिएका छन्।