१० मंसिर २०८१, सोमबार
आज पनि नेपालगन्ज बन्द, भर्खरै बन्द खुल्यो (अपडेट)

  • टाइम्स संवाददाता

  • १९ पुष २०७९, मंगलवार १२:२९

 नेपालगञ्ज: आज पनि नेपालगञ्जमा सडक अवरुद्ध पारिएको छ । ट्रकको ठक्करबाट एक साइकलयात्री विद्यार्थीको ज्यान गएको घटनालाई लिएर पीडित पक्षले सडक अवरुद्ध पारेका हुन् । नेपालगञ्जको कारकाँदो, धम्बोझी लगायतका स्थानमा सवारि साधन चल्न नदिएर चक्काजाम गरेपछि नेपालगञ्ज कोहलपुर सडकखण्ड अबरुद्ध भएको छ । ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको छ तर घटना पश्चात प्रहरीले राम्रो रेस्पोन्स गरेन , ट्रकको साहुलाई उपस्थित गराएन भनेर मृतकका परिवार , आफन्तहरु असन्तुष्ट रहेको जनाउँदै सडक अवरुद्ध गरेका हुन् ।

घटनाका दोषीलाई कडा कारवाहीको माग राख्दै नेपालगञ्जमा आजपनि बन्द तथा चक्काजाम गरिएको छ । दैलेख घर भई हाल नेपालगञ्जमा अध्ययन गरिहेका १८ बर्षीय चेतन थापा मगरलाई गत शनिवार ना ७ ख १७ नम्बरको ट्रकले न्यूरोडस्थित भानुभक्त चोकमा ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको थियो ।

नेपालगञ्ज–कोहलपुर सडकखण्ड सुचारु भएको छ । ट्रकको ठक्करबाट एक साइकलयात्री विद्यार्थीको ज्यान गएको घटनालाई लिएर पीडित पक्षले सडक अवरुद्ध पारेका थिए ।

नेपालगञ्जको धम्बोझी, कारकाँदो र राँझा लगायतका स्थानमा चक्काजाम गरिएपछि नेपालगञ्ज कोहलपुर सडकखण्ड अबरुद्ध भएको थियो । हिजो पनि दिनभर सडक अबरुद्ध पारिएको थियो । अहिले पीडित पक्षसंग जिल्ला प्रशासन कार्यालयमा वार्ता भइरहेको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताए । आन्दोलनरत पक्ष आन्दोलन रोकेर वार्तामा बसेको हो ।

घटनाका दोषीलाई कडा कारवाहीको माग राख्दै चक्काजाम गरिएको हो । दैलेख घर भई नेपालगञ्जमा अध्ययन गरिहेका १८ बर्षीय तेजन थापा मगरलाई गत शनिवार ना ७ ख १७ नम्बरको ट्रकले न्यूरोडस्थित भानुभक्त चोकमा ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको थियो ।

प्रहरी प्रसाशनको पहलमा नेपालगञ्जमा गरिएको बन्द स्थगित भएको छ । बिहान १० बजेदेखि चोकहरुमा बन्दकर्ताहरुले बन्द गर्दै आएको भएपनि अहिले १ बजेबाट बन्द खुलेको जिल्ला प्रहरी कार्यालय बांकेले जनाएको छ ।

Nabintech