सुर्खेत : नेपाल प्रेस युनियन कर्णाली प्रदेश प्रथम अधिवेशनको क्रममा विवाद भएको छ। अधिवेशनमा स्थापन पक्ष र स्थापनइतर पक्षको पार्षदको विषयलाई लिएर विवाद सिर्जना भएको हो।
बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको टाकुमा होटेलमा आयोजित अधिवेशनमा संस्थापन पक्षधर पार्षदको विषय लिएर दुई पक्षबची लफडा भएको हो। संस्थापन इत्तर पक्षधरका पार्षदहरु धेरै भएको र संस्थापन पक्षधर पार्षदहरुको नाम काटिएको भन्दै संस्थापन पक्षधरले विरोध गरेको हो।
अधिवेशनमा सहभागी एक व्यक्तिले यहीँ विषयमा लिएर दुई पक्षधरबीच माईक खोसाखोसको स्थिति सृजना भएको बताए। उनले भने, ‘हुम्लाका एक प्रतिनिधिले भने माइकनै चुडाइदिएका छन्।’
कार्यक्रममा प्रेस युनियनका अध्यक्ष शिव लम्साल, कांग्रेस नेता डा मीनेन्द्र रिजाल, कांग्रेस नेता हृदयराम थानी लगायतको सहभागीता थियो। उनीहरुको अगाडि दुईपक्षबीच तानातान भएको हो।