काठमाण्डौ :आज देखि श्री स्वस्थानी व्रत प्रारम्भ भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पूर्णिमासम्म एक महिना जारी रहने छ । आजदेखि माघ स्नान गर्ने र अधिकांश हिन्दुले घरमा सात्त्विक भावले श्रद्धा भक्तिपूर्वक श्री स्वस्थानीको पूजा आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ । स्वस्थानी व्रतका बेला विभिन्न ठाउँमा मेलासमेत लाग्ने गर्दछ ।
घरपरिवारको सुस्वास्थ्य र सुख शान्तिको कामना गर्दै शालीनदीमा महिलासँगै पुरुषसमेत व्रत बस्ने परम्परा छ । १ महिनासम्म विशेष पौराणिक कथा सुनेर व्रत बसिने श्री स्वस्थानीप्रति नेपाली नारीहरूको अहिले पनि उत्तिकै लगाव र विश्वास रहेको छ । खास गरेर श्री स्वस्थानी एउटा प्रेममूलक पौराणिक धर्मग्रन्थ पनि हो।