१० मंसिर २०८१, सोमबार
दाङमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, दुई घाइते

  • टाइम्स संवाददाता

  • २८ पुष २०७९, बिहीबार ११:२८

काठमाडौं : दाङको घोराही उपमहानगरपालिका ११ अवलडाँडामा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। घोराही १० का १८ वर्षीय सरोज चौधरीको मृत्यु भएको हो।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा राति पौने २ बजे उनको मृत्यु भएको हो। दुर्घटनामा मोटर साइकल चालक सोही स्थानका १९ वर्षीय मंगल चौधरी र मोटरसाइकलमै सवार अन्दाजी २३ वर्षीय ऋषिराज चौधरी घाइते भएका छन्। उनीहरूको पनि सोही अस्पतालमै उपचार भइरहेको छ।

ऋषिराजको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । रा ४ प ६०५१ नम्बरको मोटरसाइकल गएराति साढे १२ बजे अनियन्त्रित भई सडक देखि अन्दाजी १५ मिटर तल खेतमा खसेको इलाका प्रहरी कार्यालय नारायणपुर दाङले  जनाएको छ।

Nabintech