१ जेष्ठ २०८२, बुधबार
स्ववियु चुनावको तयारी गर्न क्याम्पसहरूलाई त्रिविको निर्देशन

  • टाइम्स संवाददाता

  • २८ पुष २०७९, बिहीबार १७:१८

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूलाई स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी गर्न निर्देशन दिएको छ। त्रिवि रजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले बिहीबार सूचना जारी गरि निर्वाचनको लागि तयारी गर्न निर्देशन दिएको हो।

पुस २२ गते बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले स्ववियु निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरिसकेको छ। १४ वर्षदेखि स्ववियुको नियमित निर्वाचन हुन सकेको छैन।

Nabintech