कोहलपुर, बाँके: बेटर बाँकेका संस्थापक अध्यक्ष युवराज देवकोटाको अध्यक्षतामा बसेको बैठकले सर्बसम्मत नयाँ कार्य समितीको गठन गरेको छ।
शनिबार सप्पन्न एक कार्यक्रममा बेटर बाँकेको अध्यक्षमा देवेन्द्र पौडेल निर्वाचित भएका छन भने उपाध्यक्षमा संजय मण्डल,सचिबमा सरोज बाबू पगेनि ,सह-सचिबमा रविन गौतम, कोषाध्यक्षमा सिर्जना पौडेल र सदस्यमा क्रमश कुबेर जंग शाही,मेन प्रसाद देवकोटा ,रुपा खड्का ,बिधुसी बम गरि ९ सदस्यीय समिति गठन भएको जनाइएको छ ।
संस्थाको सल्लाहकारमा रिषि थापा र युवराज देवकोटा चयन भएका छन भने साथै बेटर बाँले बिगत १५ दिन देखि संचालन गर्दै आएको “जाडोको लागि न्यानो अभियान” द्वारा संकलित न्यानो कपडाहरु निलसागर सेवाश्रम कोहलपुरलाई हस्तान्तरण पनि गरेको छ।
बेटर बाँकेले बाँके जिल्लामा कोभिडको बेला होस या अन्य बिपतको बेला होस मानबिय सहायता गर्दै आएको छ ।