१० मंसिर २०८१, सोमबार
पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना, ६८ जनाको मृत्यु भएको पुष्टि (अपडेट)

‘खस्ने बेलमा विमान पुरै उल्टै भयो, एकैचोटी भुईंमा झर्‍यो,’ठूलो आवाज आयो


  • टाइम्स संवाददाता

  • १ माघ २०७९, आईतवार ११:२३

कास्की: पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोचमा जहाज दुर्घटना भएको हो । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले दुर्घटना भएको सूचना आएको र अस्पताल र एम्बुलेन्स हाई अलर्टमा राख्न भनेको बताए ।

काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको छ । जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ । र, निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन वर्तौलाले जानकारी गराए ।

अहिले विमान दुर्घटना स्थलमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरिरहेका छन् । पोखरा विमानस्थल नजिकै भएको दुर्घटनास्थलमा आगो लागिरहेको विमानमा विमानस्थल तथा महानगरपालिकाको दमकलले आगो निभाउन प्रयास गरिरहेको छन् ।

नेपाल नागरिक उडड्यन प्र्राधिकरणको खोज तथा उद्दार समन्वय केन्द्रले ६८ जनाको मृत्यु भएको पुष्टि गरेको हो । विमानमा ५३ जना नेपाली, ५ भारतीय, ४ जना रसियन नागरिक, १ जना आयरल्याण्डको नागरिक, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २ र फान्सेली नागरिक एकजना सवार थिए ।

एयरलाइन्सको एटीआर ७२ विमान दुर्घटनाहुनु अघि देखेका अनियन्त्रित हुँदै आएको देखिएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रत्यक्षदर्शी रहेका रविन्द्र खड्काका अनुसार विमान हेर्दैमा उल्टोपाल्टो भएर हल्लिंदै आएको थियो ।

‘खस्ने बेलमा विमान पुरै उल्टै भयो, एकैचोटी भुईंमा झर्‍यो,’ उनले भने,’ठूलो आवाज आयो ।’ दुर्घटनाका भएको १२ मिनेटपछि दमकल आएको उनले बताए ।

‘घटना ठ्याक्कै १०:५१ मा भएको हो । त्यही बेलामा मेरो कल आएको थियो,’ उनले भने । ६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित पोखरा उडेको विमान सेती नदी खौंचमा दुर्घटा भएको हो । अहिले पनि उद्धारको काम चलिरहेको छ ।

पोखरामा आइतबार आज दुर्घटनामा परेको ९एन-एएनसी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गरेको जहाज हो ।२२ डिसेम्बरका दिन पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा डेमो उडान गरिएको थियो । सो क्रममा यतिको यसै जहाजले डेमो उडान गरेको थियो ।

यी हुन् पोखरा विमान दुर्घटनामा सवार यात्रु

Nabintech