२७ माघ २०८१, आईतवार
दादुराविरुद्धको १ लाख मात्रा खोप नेपालगञ्ज आइपुग्यो

  • टाइम्स संवाददाता

  • ५ माघ २०७९, बिहीबार १६:२९

नेपालगञ्ज : बाँकेमा फैलिएको दादुरा महामारी रोकथामका लागि हालसम्म १ लाख ५ सय मात्रा खोप नेपालगञ्ज आइपुगेको छ । \

नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुर स्थानीय तहमा फैलिएको दादुरा बिरुद्धको खोप अभियानका लागि ७० हजार ५ सय दादुरा रुबेला खोप आइपुगेको नेपालगञ्जमा बिहीवार थप ३० हजार डोज खोप प्रदेश स्वास्थ्य आपुर्ती केन्द्रबाट आएको छ । बुधवारसम्म बाँकेमा ५३ हजार ६५१ जनाले खोप सेवा लिइसकेका छन् ।

Nabintech