२६ माघ २०८१, शनिबार
मोटरसाइकलको ठक्करले चन्दको मृत्यु

  • टाइम्स संवाददाता

  • १३ माघ २०७९, शुक्रबार ०९:१७

नेपालगन्ज: मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका-३ मा रहेको भित्री सडक खण्डमा हिजो साँझ सुपप्र ०१-००९ प २३०८ नम्बरको मोटरसाइकलले पैदल यात्रा गरिएकी सोही ठाउँ बस्ने ४५ वर्षीया शारदा चन्दलाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी चन्दको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा गएराति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ठक्कर दिने मोटरसाइकल समेत दुर्घटना भएकालेका चालक गोदावरी नगरपालिका ३ का २४ वर्षीय सुरेन्द्र भण्डारीको अवस्था पनि गम्भीर रहेको छ । उनको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

Nabintech