११ मंसिर २०८१, मंगलवार
कोहलपुर नगरको १२ औं नगरसभा सम्पन्न (अपडेट)

कोहलपुर नगरपालिकाको १२ औं नगरसभाले दुईवटा विद्येयकसहित सार्वजनिक महत्वका झन्डै एक दर्जन प्रस्तावहरु स्वीकृत


  • टाइम्स संवाददाता

  • १३ माघ २०७९, शुक्रबार १४:००

कोहलपुर, बांके:कोहलपुर नगरपालिकाको १२ औं नगरसभाको दोस्रो बैठक नगरको सभा हलमा सम्पन्न भएको छ । नगर सभामा नगर सभासदहरुले आ आफनो धारणा राखे यसरी आफनो धारणा राख्नेहरुमा सभासदहरु माधव रिजाल, ईश्वरी प्रसाद बिश्वकर्मा, भिम पौडेल, हरि कठायत लगाएत रहेका छन ।

कोहलपुर नगरपलिका वडा नं. ३ का वडाध्यक्ष एबं सभासद माधब रिजालले १५ वटै वडामा हेल्प डेस्कबारे यथोचित सम्बोधन हुनुपर्ने भन्दै तत्काल नगरपालिका भित्र कर्मचारीहरुको बर्तमान अबस्था र भबिष्यमा कर्मचारी ब्यबस्थापनबारे नगरले के कस्तो दृष्टि राखेको छ सोको तथ्यांक उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

कर्मचारी फादिलको बिषयमा नगरपालिका अल्झिरहन जरुर नभएको भन्दै रिजालले नगरपालिकाको समग्र विकासमा नगरपालिकाको ध्यान जान जरुर भएको बताए । त्यसैगरि आफनो भनाई राख्दै सभासद भिम प्रसाद पौडेलले डुडुवा खोलाको समस्याबारे नगरसभाको ध्यानकर्षण गराउदै कोहलपुर नगर भित्रका गौरवका योजनाहरु अलपत्र परेको बारे नगर सभाको ध्यानाकर्षण गराए ।

वडा नं. २ का वडा अध्यक्ष हरि कठायतले लक्ष्मि मा.बि.को भौतीक निर्माण सम्पन्न भएपनि हाल सम्म नगरबाट भुक्तानि नभएकोबारे नगर सभाको ध्यानाकर्षण गराए । उनले बिद्यालयहरुमा पत्रु खानाको प्रयोग भईरहेको प्रति चिन्ता ब्यक्र गर्दै सामुदायिक बिद्यालयहरुमा प्रति बिद्यार्थी रु ५० को दिवा खाजाको ब्यबस्था गर्न पहलगर्न नगर सभा समक्ष अनुरोध गरेका छन ।

निजि बिद्यालयहरुले शिक्षामा ब्यापार गरिरहेको भन्दै त्यसतर्फ नगरपालिकाले भरपर्दो अनुगमण संयन्त्र परिचालन गर्नुपर्ने र जीवन उपयोगि शिक्षा लागुगर्नुपर्नेमा जोड दिए ।

नगर सभाले यातायात ट्रायल सेन्टर कोहलपुरमा भएको तर यातायात ब्यबस्था कार्यालय कोहलपुरमा नभएकाले कार्यालय ल्याउन प्रदेश सरकार तथा सम्न्धित निकायसंग पहल गर्ने, सबै १५ वटै वडाहरुमा नदिजन्य कटान रोक्न पहल गर्दै करिडोर निर्माण गर्न पहल गर्ने प्रस्ताब पारीत भएको छ ।

घर नक्शा अभिलेखिकरण गर्न भन्दै नगर सभाले अन्तिम पल्ट भन्दै तेस्रो पटक घर नक्शा अभिलेखिकरण गर्न अबसर समेत पारीत भएको छ । यसैगरि नगर सभाले कोहलपुर बाङमय प्रतिष्ठान खोल्ने प्रस्ताव समेत पारीत गरेको छ ।

नगरको बारेमा समसामयिक बिषयमा बोल्दै नगर उप प्रमुख संगिता सुबेदी, नगर प्रबक्ता नम प्रसाद आले मगरले समग्र नगरको विकास गर्न उपस्थित सभासदहरुलाई दिलो ज्यान दिएर लाग्न आग्रह गरे ।

नगरसभा नगर प्रमुख नगर प्रमुख पुर्ण प्रसाद आचार्यको सभाध्यक्षता उप प्रमुख संगिता सुबेदी र सचिव टिकाराम ढकालको उपस्थितीमा सम्पन्न भएको हो।

अपडेट

कोहलपुर नगरपालिकाको १२ औं नगरसभाले दुईवटा विद्येयकसहित सार्वजनिक महत्वका झन्डै एक दर्जन प्रस्तावहरु स्वीकृत गरेको छ । नगरसभाको आज बसेको दोस्रो बैठकमा नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले प्रस्तुत गर्नुभएको प्रस्तावलाई नगरसभाले सर्वसम्मतरुपमा पारित गरेको हो ।

गएको पुष २९ गते बसेको पहिलो बैठकमा नगर प्रमुख आचार्यले कोहलपुर बाङ्मय प्रतिष्ठान विद्येयक २०७९ र कोहलपुर नगरपालिकामा सार्वजनिक स्थानीय निकायबाट समायोजन भएका स्थायी कर्मचारीहरुलाई प्रोत्साहन सुविधा उपलब्ध गराउने सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक २०७९ टेवल गर्नुभएको थियो । योसँगै बजेट, योजना तथा कार्यक्रम संशोधन, नगरपालिकाको संगठन संरचनामा हेरफेर, लिजाको नतिजा (२०७८/०७९), अर्धवार्षिक प्रगति समिक्षा प्रतिवेदन (२०७८/०७९) लगायतका सार्वजनिक महत्वका बिषयहरु पनि बैठकमा टेवल गर्नुभएको थियो ।

ती विद्येयक र सार्वजनिक महत्वको बिषयसँगै आज प्रस्ताव गरिएका थप सात वटा सार्वजनिक सरोकारका प्रस्ताव पनि बैठकले पारित गरेको प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिनुभयो । यातायात व्यवस्था कार्यालय बाँकेको ट्रायल सेन्टर कोहलपुरमा भएकाले यातायात कार्यालय पनि कोहलपुरमा स्थापना गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने, कोहलपुर नगरपालिका तथा अखिल नेपाल फुटवल संघ (एन्फा) बीच भएको सहमति अनुसार कोहलपुर नगरपालिकामा फुटवल एकेडेमी तत्काल संचालनका लागि एन्फा लगायतसँग पुनः अनुरोध गर्ने, कोहलपुर नगरपालिकामा वर्सेनि हुने डुवान नियन्त्रणका लागि डुडुवा खोलामा तटबन्ध गरी डुडुवा करिडोर निर्माण गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन तयारी तथा योजना कार्यान्वयनका लागि प्रदेश तथा संघीय सरकारलाई आग्रह गर्ने रहेका छन् । यसैगरी नेपाल सरकार सहरी विकास मन्त्रालयबाट संचालन हुने सघन सहरी विकास कार्यक्रममा कोहलपुर नगरपालिकालाई समेत समेटी योजना स्वीकृतका लागि अनुरोध गर्ने ।

खानेपानी तथा ढल निकास व्यवस्थापनका लागि मन्त्रालयमा पहल गर्ने, कोहलपुर नगरपालिकाका १५ वटै वडामा हालसम्म निर्मित संरचना(घर) को अभिलेखिकरण हुन बाँकी रहेको सन्दर्भमा कार्यपालिकाको निर्णय अनुसार प्रत्येक वडामा त्यस्ता घरहरुको संख्या एकीन गर्न जिम्मा दिईएकोमा जुन वडाको विस्तृत विवरण प्राप्त हुन्छ, त्यतिनै संख्याका लागि मात्र अन्तिम पटकको लागि घरनक्सा अभिलेखिकरण सूचना प्रकासन गर्ने र चालू आर्थिक वर्षको श्रावणदेखि हालसम्म अघिल्लो सभाबाट अधिकार प्राप्त भइ कार्यपालिका एवम् आगामी नगर प्रमुखस्तरीय निर्णयबाट भएका गरेका सम्पूर्ण निर्णय तथा कार्यहरुको अनुमोदन भएमा सो प्रयोग गरी निर्णय एवम् कार्यान्वयन गर्न नगर कार्यपालिकालाई अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव पनि बैठकले पारित गरेको प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिनुभयो ।

आजको बैठकमा बोल्दै नगर प्रमुख आचार्यले कोहलपुर नगरपालिकाले संस्थागत सुधारका काममा प्राथमिकता दिइएको बताउनु भयो । यस्तै नगर उपप्रमुख संगिता सुवेदीले कोहलपुर नगरपालिकाले सुरु गरेको नीतिगत सुधार र सुशासनको परिणाम देखिन थालेको बताउनु भयो । बैठकमा नगरपालिकाका प्रवक्ता तथा नगरसभा सदस्य नमबहादुर आले, सदस्यहरु वीरेन्द्रकुमार शाह, लाल बहादुर राना, हरि कठायत, माधव प्रसाद रिजाल, भीम प्रसाद पौडेल र इश्वरी विक लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

Nabintech