१७ कार्तिक २०८१, शनिबार
बिकले लागाए आफ्नै श्रीमति र २ वार्षिया छोरालाई पेट्रोल छर्केर आगो,

कोहलपुर २ का भानुभक्त बिक ले श्रीमती र छोरालाइ पेट्रोल छर्केर लगाए आगो छोराको अवस्था गम्भीर


  • टाइम्स संवाददाता

  • १५ माघ २०७९, आईतवार २१:४३

कोहलपुर,बांके: कोहपलुर नगरपालिका २ शक्तिनगरमा श्रीमानले आफ्नै श्रीमती र छोरालाई पेट्रोल छर्किएर आगो लगाएका छन् ।आइतबार बेलुका  ७ बजेतिर आफ्नै घरमा घरायसी झगडा भएपछि श्रीमान भानुभक्त विकले ३० वार्षिया श्रीमती गंगा विक र २ वर्षिय छोरा प्रिन्स विकलाई पेट्रोल छर्किएर आगो लगाएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए ।

घरायसी झगडाकारण आफ्नै बाइकबाट पेट्रोल निकालेर आगो लगाएको स्थानिएहरुले बताएका छन ।बिहान देखिनै श्रीमान र श्रीमतीका बिच झगडा भैरहेको थियो । गंगा विक र २ वर्षिय छोरा प्रिन्स विकलाई नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेकाे छ भने २ वर्षिया प्रिन्सकाे भने स्वास्थय अवस्था गम्भिर  रहेकाे इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक मल्ले जानकारी दिए । आगो लगाउने भानुभक्त विकलाई अहिले प्रहरीले खाेजिरहेकाे छ ।  विकलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको मल्ले जानकारी दिए ।

अपडेट

फरार रहेका बि.क.लाई प्रहरीको टोलिले बांकेको जमुनाह नाकाबाट प्रक्राउ गरि आबश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा राखेको छ ।

Nabintech