१२ मंसिर २०८१, बुधबार
बाँके र बर्दियामा खानेपानी मन्त्रीद्धारा खानेपानी योजनाको अनुगमन

शुद्ध पानीको ब्यवस्था मिलाइ दिन भन्दै मन्त्रिलाई बैजनाथ गापा वडा न ७ का वडा अध्यक्ष दिनेश कुमार थारुले ज्ञापन पत्र बुझाएका छन


  • टाइम्स संवाददाता

  • १६ माघ २०७९, सोमबार १४:२९

कोहलपुर, बाँके: संघिय सरकारका खानेपानी मन्त्री अब्दुल खानले बाँके र बर्दियामा रहेका खानेपानी तथा उपभोक्ता समितीबाट बितरण भइरहेको खानेपानीको अनुगमन तथा निरिक्षण गरेका छन । आज (सोमबार)बाँकेको बैजनाथ गाउपालिकाको वडा न ७ मा रहेको पेडारी खानेपानी तथा सरसफाई उपभोक्ता समितीले आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाल सरकारका खानेपानी मन्त्रालयका मन्त्री अब्दुल खानले पहिलो प्राथामिकता भनेको जनतालाई शुद्ध पानी बितरणको लागी पहल गर्ने रहको बताए ।उन्ले खानेपानीका योजनाहरु धेरै भएको तर गुणस्तरीय नभएको हुदा यसलाई तत्कालै सुधार गर्नको लागी पहल गर्ने बताए ।

उपभोक्ताहरु पानीको बोत्तल र जारमा बढि ठगिएको अबस्था भएको हुनाले अब यसलाई सरकारी संयन्त्र मार्फत बोतल र जार मार्फत उपभोक्तालाई पानी उपलब्ध गराउने योजना समेत रहेको र उपभोक्ताहरुलाई सहुलियत दरमा उपलब्ध गराउने योजना रहेको खानेपानी मन्त्री अब्दुल खानले बताए । सो अबसरमा पानीमा सबै नागरिकहरुको पहुच पुराउन र बिद्यालयहरुमा शुद्ध पानीको ब्यवस्था मिलाइ दिन बैजनाथ गाउपालिका वडा न ७ का वडा अध्यक्ष दिनेश कुमार थारुले ज्ञापन पत्र समेत बुझाएका थिए ।

Nabintech