११ मंसिर २०८१, मंगलवार
पेट्रोल छर्केर घाईते बनाईएकी गंगालाई काठमाण्डौ रिफर

पेट्रोल छर्किंदा घाईते भएका २ बर्षे छोरा प्रिन्सको भने उपचारकै क्रममा यस अघि नै मृत्यु भईसकेको छ भने बारदातका अभियुक्त प्रहरी हिरासत भित्र रहेका छन


  • टाइम्स संवाददाता

  • १७ माघ २०७९, मंगलवार १७:१२

नेपालगन्जः बाँकेको कोहपलुरमा श्रीमानद्धारा पट्रोल खन्याएर आगो लगाईएकी गंगा विकलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।भेरी अस्स्पतालमा उपचाररत विकको स्वास्थ्य जोखिम कायमै रहेकाले थप उपचारकालागि बर्न युनिट भएको अस्पताल काठमाडौं पठाइएको भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट बद्री चापागाईद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

कोहलपुर नगरपालिका-२ शक्तिनगरमा बस्दै आएका भानुभक्त विकले दुई दिन अघि श्रीमती गंगा र २ वर्षीय छोरा प्रिन्सलाई पेट्रोल खन्याएर आगो लगाएका थिए ।  प्रिन्सको सोमबार उपचारको क्रममा मृत्यु भइसकेको छ । प्रहरी नियन्त्रणमा रहेका भानुभक्तले सामान्य घर झगडामा श्रीमती र छोरालाई आगो लगाएको  प्रहरी समक्ष स्वीकार गरेका छन् ।


Nabintech