२ जेष्ठ २०८२, बिहीबार
सर्बोउत्कृष्ट समाचारदाताको रुपमा सुबेदि सम्मानित

  • टाइम्स संवाददाता

  • १७ माघ २०७९, मंगलवार १९:२८

नेपालगन्ज: बिगत दुई दशक बढि पत्रकारिता क्षेत्रमा कृयाशिल बांकेका पत्रकार रुद्र प्रसाद सुबेदि सम्मानित भएका छन । नेपाल टेलिभिजनको ३८ औं बार्षिकउत्सबका अबसरमा देशकै सर्बोउत्कृष्ट समाचारदाताको रुपमा सुबेदि सम्मानित भएका हुन । २०७५ सालदेखि  बांकेबाट नेपाल टेलिभिजनमा कृयाशिल पत्रकार सुबेदिलाइ आज काठमाडौमा आयोजित बार्षिक उत्सब समारोहमा टेलिभिजन सम्बद्द उच्च निकाय एबं सुचना तथा संचार मन्त्री रेखा शर्माले कदर पत्र सहित सम्मान गरेकि हुन ।

नेपाल पत्रकार महासङ बांकेका पुर्ब अध्यक्ष समेत भई सकेका सुबेदि प्रेस चौतारिको केन्दिय नेतृत्वमा छन भने प्रेस चौतारि लुम्बिनि प्रदेशका सह इन्चार्ज समेत हुन ।

नेपालगन्जमा रहेर राजधानि दैनिकमा ब्युरो प्रमुखका रुपमा कार्यरत सुबेदि नेपालगन्जबाट प्रकाशित सदरलाइन डट कमका सम्पादक समेत रहेका छन ।

Nabintech