१२ मंसिर २०८१, बुधबार
उचित क्षतिपुर्ति नपाएको भन्दै स्थानिय आन्दोलित, केहिबेरको बन्दपछि खुल्यो चौराह

मदनचोकमा शुक्रबार बेलुका स्कुटरलाई ट्रकले ठक्कर दिंदा घर्तिको घटनास्थलमा नै मृत्यु भएको थियो


  • टाइम्स संवाददाता

  • २२ माघ २०७९, आईतवार १८:३७

बांके,काेहलपुर : पुर्व पश्चिम राजमार्ग अन्तर्गत काेहलपुर चाैराह केहिबेर  स्थानियहरुले  बन्द गरेका  थिए  । उनीहरुले शुक्रबार राती कोहलपुरमा भएको सडक दुर्घटनामा कोहलपुर ११ का जय प्रकाश घर्तीको मृत्यु भएपछि उचित क्षतिपूर्तिको माग गर्दै पिडित पक्षले काेहलपुर चाैराह बन्द गराएका हुन ।

कोहलपुर नगरपालिका वडा नं. ३ स्थित मदनचोकमा शुक्रबार बेलुका करीब ९ बजे घर्ती सवार स्कुटरलाई ट्रकले ठक्कर दिएकाे थियाे । पश्चिमतर्फ जाँदै गरेको रा १ क १३५६ नम्बरको ट्रकले भे ७ प ८४३१ नम्बरको स्कुटरलाई ठक्कर दिदा घर्तिकाे घटनास्थलमै मृत्यु भएको थियो ।

घटनापछि ईलाका प्रहरी कार्यालयमा पिडित र पिडक पक्षबिच आईतबार वार्ता भएपनि वार्ता सफल नभएपछि मृतकका आफन्तहरू आन्दाेलनमा उत्रिएका हुन । उनिहरूले  काेहलपुर चाैराहमा टायर बालेर बिराेध प्रदर्शन गरेका थिए । जसका कारण लामाे तथा छाेटाे दुरीका सवारी साधन बाटाेमै राेकिएका थिए ।

अहिले कोहलपुर चौराहामा भएको चक्का जाम खुलेको छ । गत शुक्रबार कोहलपुर नगरपालिका वडा नम्बर ३ मदन चोकमा भएको ट्रक दुर्घटनाको विषयलाई लिएर कोहलपुर चौराहमा चक्का जाम गरिएको थियो ।

Nabintech