बांके, कोहलपुर: बाकेको कोहलपुर नगरपालिका को वडा नं. १२ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयको ४२ औ बार्षिक उत्सव सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अथिति कोहलपुर नगरपालिकाका मेयर पुर्ण प्रसाद आर्चायले यस बिद्यायको भौतिक संरचनाको लागी कोहलपुर नगरपालिकाले पुर्णरुपमा सहयोग गर्ने बताए। कोहलपुर नगरपालिका क्षेत्रभित्र रहेका बिद्यालयहरुलाई टिनको छानाबाट मुक्त गर्नको लागी नगरपालिकाले प्रथमकिताका साथ योजना ल्याएको बताए ।
कार्यक्रममा बिद्यालयको शैक्षिक गुणस्तर सुधार गदै बिभिन्न अतिरिक्त क्रियाकलापमा बिद्यालयले अग्रणि भुमिका खेल्दै आएको बिद्यालयका प्रधानाध्यापक पृथ्वीनाथ धितालले बताए । बिद्यालयका सहायक प्रअ आनन्द प्रसाद भटटराईले बिद्यालयको शैक्षिक बिकासको लागी सबै ध्यान दिनु पर्ने र यस बिद्यालयको भौतिक संरचनाको लागी नगरपालिकाले बिशेष महल गरिदन आग्रह गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तब्य ब्यक्त गर्दै बिद्यालयका शिक्षक दिल बहादुर वलीले अभिभाबकहरुले आफना बालबालिको पढाइको अबस्था के छ भन्ने बिषयमा बिद्यालयमा निरन्तर आउनको लागी आग्रह गरेका थिए । बार्षिक उत्सवको अबसरमा घैटो फुटाउने र बिभिन्न सास्कृतिक कार्यक्रम समेत गरिएको थियो
कार्यक्रमा कोहलपुर नपा १२ का वडा अध्यक्ष बिरेन्द्र शाह , कोहलपुर वडान १३ का वडा अध्यक्ष डम्बर वहादुर खडका लगायको सहभागीता रहेको थियो ।