११ मंसिर २०८१, मंगलवार
जथाभाबि फोहर फाल्दा नगर प्रहरीको फन्दामा, ५ हजार जरीवाना

जथाभाबि फोहर फाल्नेलाई सबक सिकाउनै पर्ने जन सर्वसाधारणको प्रतिक्रिया


  • टाइम्स संवाददाता

  • २६ माघ २०७९, बिहीबार १४:२१

कोहलपुर, बांके: आफनो घरको फोहर जथाभाबि फाल्ने एक जना कोहलपुर नगर प्रहरीको फन्दामा परेका छन । बुधवार सांझ साँझ साढे आठ बजेको समयमा कोहलपुर ११ स्थित रेडक्रस पछाडि सडक छेउमा फोहर फाल्ने प्रकाश पोखरेल नगर प्रहरीको फन्दामा परेका हुन । दशविगाहामा नमस्ते मिटअप पसलको फोहोर भे.५.प.४६८१ नम्बरको स्कुटीमा ल्याई फाल्दै गर्दा कोहलपुर नगर प्रहरीद्धारा उक्त व्यक्ति र स्कुटी समेतलाई नियन्त्रणमा लिई आज  बिहिवार पाच हजार जरिवाना गराई अब आइन्दा सार्वजनिक स्थानमा फोहोर नफाल्ने सर्तमा छोडिएको नगर प्रहरी कोहलपुरले जनाएको छ ।

सो सम्बन्धमा लेख्दै नगर प्रमुख पुर्ण प्रसाद आचार्यले कोहलपुर नगरलाई सुन्दर बनाउने जिम्मेवारी हामी सबै कोहलपुर नगरबासीको भएको जनाएका छन । हामिले महिनौ देखि बारम्बार विनम्रतापुर्बक अनुरोध गर्दा समेत अटेर गरि जथाभावी फोहर गर्ने ब्यक्ति,संघसस्था,ब्याबसायिक फम, आदि लाई अब दण्ड जरिवानारकानुनी कार्वाहीको नीति नगरपालिकालेअख्तियारी गरेको भन्दै नगर प्रमुख आचार्यले सबैजनामा जानकारी गराउदै दण्डित हैन पुरस्कृत हुने अभियानमा सबैको सहभागी बढाउ भन्दै आब्हान समेत गरेका छन ।

यस्तै फोहर फालिएको बिषयलाई लिएर सामाजिक सञ्जालमा बिभिन्न खाले टिका टिप्पणी भईरहेका छन । कोहलपुर १२ का साहित्यकार तथा शिक्षक महानन्द ढकालले निकै राम्रो भएको टिप्पणी गर्दै चपरगौढीको पुल वरिपरि पनि यस्तो कार्य हुने गरेको देखेको छु मैले भन्दै एक दुई पटक बाइक रोकेर पनि गाली गरें, फोहोर थुप्रिने क्रम बढिरहेकोले फोहोर फाल्न रोकिए जस्तो लाग्दैन भन्ने कुरा उल्लेख गरेका छन ।
यस्तै कोहलपुर १० का स्वास्थ्यकर्मि धुर्बराज बुढाक्षेत्रिले स्वस्थ र सुन्दर वातावरण बनाउने सबै कोहलपुरवासिको जिम्मेवारी हो। त्यसैले सफा, स्वच्छ, सुन्दर र स्वस्थ वातावरणको लागि आम कोहलपुर नगरवासिले आफ्नो कर्तव्य सम्झी कोहलपुर नगरपालिकालाई सहयोग गरौ कोहलपुर नगरलाइ सुन्दर अनि नमूना कोहलपुर बनाउभन्ने टिप्पणी गरेका छन ।

अधिकांस सामाजिक सञ्जालमा नगर प्रहरीको यस कार्य प्रति श्रहाना गरिएको छ भने यस्तो जथाभाबि फोहर फाल्नेलाई सबक सिकाउनै पर्ने उल्लेख गरिएको छ ।

 

Nabintech