११ मंसिर २०८१, मंगलवार
यसपालिको कोहलपुर महोत्सव पृथक किसिमको हुनेछ :अध्यक्ष पौडेल

महोत्सवमा पश्चिम नेपालको लोक,संस्कृती झल्किने थारुगाउ समेत रहने


  • प्रमोद रिजाल

  • २ फाल्गुन २०७९, मंगलवार १८:०४

कोहलपुर,बांके: उद्योग बाणिज्य संघ कोहलपुरका अध्यक्ष लक्ष्मणराज पौडेलले यसपालिको कोहलपुरमा आयोजित लुम्बिनी प्रादेशिक महोत्सव बिशेष किसिमको मात्र नभएर पृथक किसिमको हुने बताएका छन ।

कोहलपुर टाईम्ससंगको भेटघाटका क्रममा अध्यक्ष पौडेलले स्थानिय अपांग ब्यक्तिहरुले उत्पादन गरेका सामाग्रिहरुलाई निशुल्क स्टल दिई प्रर्दशन तथा बिक्रि बितरण गर्न दिने र स्थानिय ब्यपारीहरुलाई स्टल दिंदा २० प्रतिशतका दरले छुट दिईएको समेत बताए ।
यसपालि उद्योग बाणिज्य संघ कोहलपुरले महोत्सवमा सहभागि बस्तुगतका ५ स्टलहरुलाई सम्मान तथा पुरष्कृत गर्ने समेत योजना रहेको बताउदै अध्यक्ष पौडेलले बांके राष्ट्रिय निकुञ्जको झल्को दिने खालको दृष्य अबलोकन गर्न सकिने गरि बांके निकुञ्ज झल्किने स्टल समेत निशुल्क प्रदान गर्ने समेत योजना रहेको बताए ।

हामी आम नेपाली किसानका छोराछोरी भएको स्मरण गर्दै अध्यक्ष पौडेलले महोत्सवको मुल द्धारमा किसानको गहना हलो जुवा सहितको प्रतिकात्मक चित्रण सहितको प्रतिमा बनाईने बताए ।
हामी मेला भनेर ब्याख्या गरेको सुन्दैछौ यो मेला हैन यौटा ब्यापारीहरुको उत्सवको पनि उत्सव महाउत्सव हो भन्दै स्थानिय घरेलु उत्पादनका स्टलहरुमा लागत खर्च मात्र लिएर प्रर्दशनिमा सहभागिता गराउने आफनो रणनिती रहेको उल्लेख गरे ।

कोहलपुर नगर क्षेत्रका बिद्यार्थीहरुलाई हरेक दिन बिहान १० बजे देखि १२ बजे सम्म छात्रछात्रालाई सिकाई होस र केहि ज्ञानगुणका कुरा सिकुन भन्ने हेतुले निशुल्क प्रबेश गर्न दिई अबलोकन गर्न सक्ने ब्यबस्था रहेका चर्चा गर्दै अध्यक्ष पौडेलले बाणिज्य शास्त्र अध्यण गरेका बिद्यार्थीहरुलाई नयां उद्योग ब्यापार कसरी गर्ने, दर्ता प्रक्रिया देखि सरकारी निमायक निकायका निती नियम र उद्योग ब्यापार सञ्चालन गर्दा अपनाउन पर्ने प्रक्रिया , मजदुर कर्मचारी ब्यबस्थापन, बजारीकरण सम्बन्धि उत्प्रेरणा मिल्ने खालका दुगढ ग्रुप जस्ता ब्यबसायिक प्रतिष्ठानका उच्च ब्यबस्थापकिय स्तर, सिए, बैंकर्सका प्रतिनिधि, आन्तरीक राजस्व प्रतिष्ठित उद्योगपतिको उपस्थितीमा गोष्ठि समेत गर्ने जनाएका छन ।
कोहलपुर न्युरोडमा फाल्गुण ५ देखि १३ गते सम्म आयोजना हुने महोत्सवलाई स्थानिय सरकारको स्विकृतमा ३ दिन सम्म थप्न सकिने छ । कोहलपुर उद्योग बाणिज्य संघको बहुआयामिक भवन निर्मानार्थ आयोजित महोत्सवलाई आम कोहलपुर बासिले सहयोग सल्लाह र अबलोकण गर्नाका निम्ती समेत उद्योग बाणिज्य संघ कोहलपुरले आब्हान गरेको छ ।

कृषि पर्यटन, शिक्षा र उद्योगको आबश्यकता व्यवसायिक प्रर्वद्धन संगै सामाजिक एकता भन्ने मुल नाराका साथ आयोजना हुने महोत्सवमा बिभिन्न झाकि, शोभा कलश सहित फाल्गुण ५ गते उदघाटन हुनेछ । महोत्सव अबधिभर सार्बजनिक बिदा समेत नियमित भन्दा थप परेकाले करीब साढे ३ लाखले महोत्सव अबलोकन हुनेमा अध्यक्ष पौडेल बिश्वस्त रहेका छन । साधारण प्रबेश शुल्क ८५ रुपिया तोकिएको महोत्सवमा बिद्यार्थी तथा अपांगहरुलाई परिचय पत्रका आधारमा ७० रुपैया तोकिएको छ ।

पश्चिम नेपालको लोक संस्कृती झल्किने थारुगाउ समेत रहने महोत्सवमा जम्मा स्टलहरुको संख्या २५० रहेका छ भने महोत्सव अबधिभर स्थानिय तथा राष्ट्रिय कलाकारहरुबाट भरपुर मनोरञ्जन प्रदान समेत हुनेछ ।

Nabintech