११ मंसिर २०८१, मंगलवार
दूध जन्य पदार्थ जथाभावी बिक्रि तथा गुणस्तरीय हिन बिक्रीमा कडाई गरिने

खुल्ला रुपमा सडकमा साईकल मेटरसाईकलमा मापदण्ड बिपरीत गुणस्तरहिन बिक्रि बितरणलाई निरुत्साहित गर्ने


  • टाइम्स संवाददाता

  • ४ फाल्गुन २०७९, बिहीबार १३:५३

कोहलपुर, बांके: कोहलपुर नगरपालिकाले कोहलपुरमा रहेका डरी उद्योगहरुको मागलाई सम्बोधन गरेको छ । डेरी उधोगिहरुसंगको छलफलपछि नगर प्रमुख पुर्ण प्रसाद आचार्यले अबदेखि दूधलाई जथाभावी दर्ता बिना गुणस्तरीय हिन दूध बिक्री वितरणमा नगरपालिकाले चासो दिने तथा निगरानि गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

सहकारी, संस्थान र प्राईभेट रुपमा दुग्ध जन्य पदार्थको कारोबार हुदै आएको भएपनि मापदण्ड बिपरीत दुग्ध जन्य पदार्थ बिक्रि बितरण हुने गरेको भन्दै कोहलपु डेरी एसोसिएसनका अध्यक्ष रमिला कार्की, जिल्ला दुग्ध ब्यवसाय संघ बांकेका अध्यक्ष दिपक भण्डारी र भेरी जिल्ला दुग्त्र सहकारी संघ बांकेका अध्यक्ष पुर्ण प्रसाद अधिकारीद्धारा संयुक्त रुपमा हस्ताक्षरीत ५ बुदे पत्र बुझदै नगर प्रमुख आचार्यले जनस्वास्थ्यमा प्रतिकुल असर पर्ने र बजारमा अस्वस्थ प्रतिस्पर्धालाई निरुत्साहित गर्र्दै दुग्ध कारोबार गर्न ईजाजत प्राप्त पसल तथा डेरीहरुले मात्र दुग्ध कारोबार गर्ने ब्यबस्था कोहलपुर नगरपालिकाले गर्ने गरि अघि बढने जनाए ।

खुल्ला रुपमा सडकमा साईकल मेटरसाईकलमा मापदण्ड बिपरीत गुणस्तरहिन बिक्रि बितरणलाई निरुत्साहित गर्ने मात्र नभई डेरी उद्योगका दुध ढुवानिकर्ताको अनिबार्य परिचय पत्र हुनु पर्ने साथै दुग्ध ब्यबसायि तथा पशुपालक किसानलाई आबश्यक तालिमको ब्यबस्था समेत गर्ने गरि कार्यान्वणमा जाने गरि डेरी ब्यबसायी र नगरपालिका बिच सहमती भएको डेरी ब्यबसायी सन्तोष पौडेलले कोहलपुर टाईमसलाई जानकारी दिए ।

Nabintech