१६ कार्तिक २०८१, शुक्रबार
लिक बाहिर गएको अर्थतन्त्र लयमा फर्काउन सरकार प्रयासरत छ : मन्त्रि चौधरी

  • टाइम्स संवाददाता

  • ५ फाल्गुन २०७९, शुक्रबार १९:५९

कोहलपुर,बांके: लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रि माननिय दुर्गा प्रसाद चौधरीले देशको अर्थतन्त्र लिक भन्दा बाहिर गएको स्विकार गर्दै लिक बाहिर गएको अर्थतन्त्र लयमा फर्काउन प्रदेश सरकार प्रयासरत रहेको बताउनु भएको छ ।
आज देखि कोहलपुरमा सञ्चालनमा आएको लुम्बिनी प्रादेशिक महोत्सवको समुदघाटन समारोहलाई सम्बोधन गर्दै मन्त्रि चौधरीले यस्तो बताउनुभएको हो ।

राष्ट्रमा आर्थिक संकट आउछ कि भन्ने सरकार तथा आम ब्यबसायीहरुको चासोको बिषय समेत रहेको भन्दै मन्त्रि चौधरीले अर्थतन्त्र किन लिक बाहिर गयो भन्ने कुराको बिश्लेषण गरेर गतिशिल बनाउन सरोकारवाला सबै निकाय क्रियाशिल हुनुपर्नेमा जोड दिनुभयो ।
कृषि,पर्यटन,शिक्षा र उद्योगको आवश्यकता व्यवसायिक प्रवद्र्धनसँगै सामाजिक एकता’ भन्ने नारालाई सार्थक पार्न हरेक कुरालाई संबृद्धिसंग जोडनुपर्ने भन्दै मन्त्रि चौधरीले हरीयो वन नेपालको धन भन्ने भनाई नारामा मात्र सिमित राखेर हैन आम नागरिकहरुलाई अनुभुती हुनेगरि वनले संबृद्धि दिने गरि कार्ययोजना कार्यान्वयनमा ल्याईने बताउनु भयो ।

सिक्टा सिचाईको पानि ल्याएर किसानहरुको खेतबारीमा हराभरा पार्न अन्तर मन्त्रालय समन्वय गरेर बजेटको ब्यबस्था गर्ने भन्दै मन्त्रि चौधरीले कोहलपुर र नेपालगञ्ज एउटै हुने गरि उद्योग ब्यबसायका कार्यक्रमहरु ल्याउने जिकिर गर्नुभयो ।
पर्यापर्यटनसंग बांके निकुञ्जलाई जोडेर आर्थिक गतिशिलता दिन बाघको मात्र संख्या बढाएर हुदैन वातावरण मैत्रि वन आजको हाबश्यकता भएको चर्चा गर्दै माननिय मन्त्रि चौधरीले जल, जमिन र जंगल भुमिहिन, सुकुम्बासि, किसानहरुको पक्षमा हुनुपर्नेमा जोड दिनुभयो ।

काठहरु सुकेर खेर गईरहेका छन समयमै ब्यबस्थापन किन हुन सकेको छैन भन्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका चौधरीले समयमै काठ बिक्रिबाट राष्ट्रको आम्दानिमा जोडन आबश्यक निती तय गर्ने समेत बताउनु भयो ।

फागुन ५ आज देखि १३ सम्म सञ्चालन हुने लुम्बिनी प्रादेशिक महोत्सव उदघाटन कार्यक्रम उद्योग बाणिज्य संघ कोहलपुरका अध्यक्ष लक्ष्मणराज पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो। उदघाटनका अवसरमा विभिन्न झाकी तथा नित्य प्रस्तुत गरिएको थियो।

भिडियो

 

 

यसपालिको कोहलपुर महोत्सव पृथक किसिमको हुनेछ :अध्यक्ष पौडेल

लुम्बिनी प्रादेशिक महोत्सवको आज उदघाटन

Nabintech