७ मंसिर २०८१, शुक्रबार
मिलन श्रेष्ठ,चन्द्र शर्मा र शान्ता श्रीको प्रस्तुतीले तताएको माहोलमा दर्शकको उपस्थिती अपेक्षा बिपरीत

रुकुमको हान माया चौका दाउ हुकुमको देखि बाछिले धान खायो सम्मका गीत प्रस्तुत


  • टाइम्स संवाददाता

  • ६ फाल्गुन २०७९, शनिबार २१:२८

कोहलपुर,बांके: कोहलपुरमा जारी लुम्बिनी प्रादेशिक महोत्सवको दास्रो दिन ख्याति प्राप्त कलाकारहरु महोत्सव स्थलमा आफनो प्रस्तुती गर्दै गर्दा दर्शक दिर्घामा भने उपस्थिती अपेक्षा बिपरीत भएपछि आयोजकहरुमा निराशा छाएको छ ।

सञ्चारकर्मिहरुले पटक पटक आजको टिकट बिक्रि संख्या बारे जानकारी माग्दा टिकट बिक्रि उप समितीकी संयोजक सिता कार्किले संख्या निकाल्न समय लाग्ने तर सार्वजनिक गर्ने भन्दै सञ्चाकर्मिहरुलाई अबेर सम्म कुराएर बिबरण दिन अघोषित अस्विकार गरिन ।

दोस्रो दिन भई सक्दा पनि महोत्सव स्थल भित्रका सबै स्टलहरुमा सामान राखि सकिएको छैन भने राटेपिगं लगाएत अन्य मनोरञ्जनका साधनहरु तयारी अबस्थामा रहेका छैनन । रोटेपिगं खेल्ने भनेर आएकी कोहलपुर ११ पिपल चौतारा निबासि राधा थारुले पिगं नबनेको भेटाएपछि महोत्सव स्थल प्रबेश गर्न रु ८५ रुपैया खेर गएको दुख ब्यक्त गरिन ।

समग्र महोत्सव र यसबारे उद्योग बाणिज्य संघका महासचिव सङ जानकारी लिन खोज्दा पछि फोन गर्छु भनेर मोबाइल काटे पनि यो समाचार तयार गर्दा सम्म सम्पर्क गरेका छैनन ।

महोत्सवको दोस्रोदिन स्थानीय तथा राष्टिय कलाकारहरुको भने बेजोड प्रस्तुती रहेको थियो । स्थानीय कर्णाली दोहोरी घरको लाइभ दोहोरीका साथै राष्ट्रिय कलाकारहरुले समेत प्रस्तुती दिएका आजको महोत्सव स्थलमा चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियार, लोकदोहोरी गायक चन्द्र शर्मा र चर्चित गायिका मिलन नेवारको बेजोड प्रस्तुती रहेको थियो ।

”गायिका परियारले गलबन्दी”, ”लाउन्न दाजै पिरती”, ”बोलमाया”, ”रुकुमको हान माया चौका दाउ हुकुमको” लगायतका गीत प्रस्तुत गरेकी थिइन् । साथै मिलन नेवारले ”फुलबुट्टे सारी”, ”आँखा झिमीझिमी” र ”गाला रातै” जस्ता गीत दर्शकमाझ प्रस्तुत गरेकी थिइन् ।

लोक दोहरी राष्ट्रिय प्रतिष्ठान नेपालका पुर्व अध्यक्ष एबं लोक गाएक चन्द्र शर्माले ”बाछिले धान खायो मायाले ज्यान खायो” लगाएत तत्कालिन राप्ति अञ्चलमा गुञ्जने टप्पा एबं झांप्रे लोक गित प्रस्तुत गरेर दर्शकहरुलाई छम छम नचाउन सफल भए ।

Nabintech