८ मंसिर २०८१, शनिबार
बर्दियामा राष्ट्रिय गोत्यार सम्मेलन : ‘माैलिक नाचगानकाे ठाउँमा डीजेकाे प्रयाेग बढ्नु चिन्ताकाे विषय’

दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरबाट आएका थारु समुदायका युवा युवती मिलेर थारु सांस्कृतिक नाचगान


  • भावुक योगि

  • ७ फाल्गुन २०७९, आईतवार २१:१०

बर्दिया: थारु आयाेगका केन्द्रीय अध्यक्ष विष्णुप्रसाद चाैधरीले थारु समुदायको परम्परागत कला, संस्कृति युवा पुस्तालाई हस्तान्तरण गर्न आग्रह गर्नुभएकाे छ । बर्दियाको ठाकुरबाबा नगरपालिका ३ मिर्चैयामा निमनकुसुसुम्ह्या थारु गोत्यार समाजको छैटाैँ राष्ट्रिय गोत्यार सम्मेलन २०७९ मा सम्बोधन गर्दै उहाँले यस्ताे अनुराेध गर्नुभएकाे हाे ।

आफ्नाे कला, संस्कृतिकाे पुरानाे जगमा टेकेर युवा पुस्तालाई सुम्पिँदै व्यावसायिकरूपमा अघि बढ्न सकेमात्र थारु समुदायको कला संस्कृति पुस्तान्तरण हुने पनि आयाेगका अध्यक्ष थारुले बताउनुभयाे । यस्तो किसिमको पारिवारिक जमघटको सम्मेलनले अरू समुदायलाई पनि प्रेरणा मिल्ने उहाँकाे भनाइ छ ।

यस्तै लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण कुष्मा थारुले आफ्नाे सीप, कला, संस्कृति युवा पुस्तालाई हस्तान्तरण गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । थारु समुदायको मौलिक नाचगानको ठाउँमा डीजेको प्रयोग बढ्दो भएकोमा चिन्ता व्यक्त गर्दै उहाँले यसकाे अन्त्य गर्न आग्रह गर्नुभयो ।

ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले गोत्यार सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्नुभयाे । उहाँले पारिवारिक जमघट गरेर आफन्तले कसरी जीवन चलाइरहेका छन् भन्ने उद्देश्यले सङ्गठित भएर गोत्यार सम्मेलन गर्नु महत्त्वपूर्ण भएकाे बताउनुभयाे ।

थारु कल्याणकारिणी सभाका केन्द्रीय सहसचिव मीनराज चौधरीले थारु समुदायका युवा पुस्ताले आफ्नाे संस्कार, संस्कृति जोगाउन नसकिरहेको अवस्थामा याे सम्मेलनले हराउँदै जान थालेको भाषा, धर्म, संस्कृति जोगाउनमा भूमिका खेल्ने बताउनुभयाे ।

सम्मेलनमा पश्चिम नेपालमा बसोवास र्ने दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरबाट आएका थारु समुदायका युवा युवती मिलेर थारु सांस्कृतिक नाचगान देखाका थिए ।

पश्चिम नेपालमा बसोवास गर्ने गोत्यार अगुवाहरूले २०६८ साल फागुन ७ गतेदेखि सङ्गठित भएर सुरुवात गरेको निमनकुसुम्ह्या थारु जातिकाे पारिवारिक संस्था हो । थारु समुदायकाे पारिवारिक पुस्ताको विवरण, रहनसहन, कला संस्कृति लगायतलाई समेटेर आशाराम थारुले ‘छिट्कल निमनकुसुम्या थारुक् बिटोरल इतिहास’ शीर्षकमा पुस्तक पनि प्रकाशन गर्नुभएको छ ।

सम्मेलनमा आफ्ना समाजबाट लोक सेवा आयोगमा नाम निकाल्न सफल पाँच जना र उत्कृष्ट व्यवसाय गरिरहेका १३ जनासहित २१ जनालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियाे ।

सम्मेलन निमनकसुसुम्या थारु गोत्यार समाज केन्द्रिय कार्यालय दाङको आयोजना तथा जिल्ला कार्य समिति बर्दियाको व्यवस्थापनमा आयोजना गरिएको कलिराम कुष्मा थारुले जानकारी दिनुभयो ।

Nabintech