१८ पुष २०८१, बिहीबार
सल्यानमा बिहे गर्न वडाको सिफारिस अनिवार्य

यो नियम उल्लङ्घन भए विवाह दर्ता रोक्ने सम्मको कारबाही हुने


  • टाइम्स संवाददाता

  • ८ फाल्गुन २०७९, सोमबार १३:०७

सल्यान : सल्यानको कपुरकोट गाउँपालिकाले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको छ । गाउँपालिकाभित्र बढ्दै गएको बालविवाह न्यूनीकरणका लागी पालिकाका ६ वटै वडा कार्यालयमार्फत विवाहपूर्व अनिवार्य सिफारिसको व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘बाल विवाह बढिरहेको छ, त्यसलाई न्यूनीकरण गर्नका लागी हामीले यो निर्णय गरेका हौँ । ’अधिकृत वलीका अनुसार विवाह गर्नु पूर्व वडाबाट सिफारिस लिनुपर्ने व्यवस्था गत माघ २७ गते बसेको गाउँसभाबाट पारित भइसकेको छ । यो नियम उल्लङ्घन भए विवाह दर्ता रोक्ने सम्मको कारबाही हुने उहाँले बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘विवाह गर्नु भन्दा पहिले वडाको सिफारिस लिनुपर्‍यो र विवाह दर्ता गर्न आउँदा अनिवार्य सो सिफारिस पनि लिएर आउनु पर्‍यो त्यसपछि मात्रै विवाह दर्ता हुन्छ ।’ उहाँले जुनसुकै उमेर समूहका पालिकावासीले विवाह गर्दा अनिवार्य वडा कार्यालयमा जन्मदर्ता पेस गर्नुपर्ने र स्वीकृति लिनुपर्ने बताउनुभयाे।

Nabintech