राप्तीसोनारी,बाँके: बाँकेको राप्तीसोनारी गाउँपालिकाले उन्नत जातको धानको वीउ माग गर्न अनुरोध गरेको छ । गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप खाद्यान्न बालीको उन्नत वीउ उपयोगमा अनुदान कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा धानको उन्नत वीउ माग गर्न अनुरोध गरेको हो ।
रामधान, चैत ५, राधा ४ र पिआर १२६ जातको धानको वीउ माग गर्न सकिने सूचनामा उल्लेख छ । इच्छुक व्यक्ति तथा सहकारी संस्थाले चैत ३ गतेभित्र आवश्यक कागजातसहित माग आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरेको छ ।