कोहलपुर,बांके:कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यले बिद्यालयहरुले वाल वालिकाको आत्मबल बृद्धि संगै सिप विकासमा जोड दिनुपर्ने बताउनुभयो । उहाले वालवालिकाहरुलाई घोकन्ते शिक्षाले मात्र चौतर्फि विकासमा टेवा नपुग्ने भन्दै बिद्यालयहरुले कम्तिमा बर्षमा एकपटक भएपनि अतिरिक्त क्रियाकलाप अन्र्तगत फुड फेस्टिभल तथा उत्सवका कार्यक्रमहरुको आयोजना गरिनुपर्ने बताउनुभयो ।
नमुना बिद्या सदन कोहलपुर ८ ले आयोजना गरेको फुड तथा कल्चर उत्सवका अबसरमा आईतवार आयोजित सभालाई सम्बोधन गर्दे नगर प्रमुख आचार्यले यस्तो कुरा बताउनु भएको हो ।
नगर प्रमुख आचार्यले संस्थागत र सामुदायिक विद्यालयहरुले यस्ता कार्यक्रमहरुलाई प्राथामिकतामा राखेर आयोजना गर्नुपर्ने बताउदै बिद्यार्थीहरुको सर्बाङिन विकासका निम्ति मञ्च नै सुम्पिएको प्रति आयोजक बिद्यालयको स्रहाना गर्दै ब्यबहारीक शिक्षाले ब्यबहारीक ज्ञान आर्जन हुने र जिवन उपयोगी शिक्षा मिल्नेमा जोड दिनुभयो ।
नमुना बिद्या सदनमा गरि खाने बर्गका बालबालिका अधिक मात्रामा अध्यन गरिरहेको आफुले पाएको चर्चा गर्दै नगर प्रमुख आचार्यले राम्रो काम गर्ने स्कुललाई नगरले पुरस्कृत गर्ने र नराम्रो गर्ने स्कुललाई दण्डित गर्न समेत पछि नपर्ने बताउनु भयो ।
बालबालिकाहरुलाई नैतिकबाण, चरित्रवान र अनुशासनमा राख्न अभिभावकको समेत उत्तिकै भुमिका हुने चर्चा गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका नगर प्रमुख पुर्ण प्रसाद आचार्यले वालवालिकाहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटित बनाउन यस्ता फोरमहरु कोशेढुंगाा साबित हुनेमा जिकीर गर्नु भयो ।
सभ्य समाज निर्माणमा गिलो माटोको रुपमा रहेका बालबालिकाहरुलाई अभिभावकले आफुले नपाएको अवसर समेत प्राप्त गरुन भन्ने चाहानाले दुख सुखका साथ बिद्यालय पठाउने गरेको स्मरण गर्दै सर्टिफिकेटले मात्र मानवको शिक्षा अपुरो रहने भनाई ब्यक्त गर्नुभयो ।
बिद्यालयका प्रबन्ध निर्देशक शिव डांगिको अध्यक्षतामा आयोजित कार्यक्रममा स्पिच प्रतियोगितामा प्रथम ग्रिन हाउसका सिरीस्मा रावतले रु ३ हजार नगद तथा प्रमाणपत्र प्राप्त गरिन भने रेड हाउसका बिनय कुमार हरीजनले सान्त्वनामा चित्त बुझाउदै नगद रु एक हजार एक सय र प्रमाणपत्र प्राप्त गर्न सफल भए । अभिभावकको तर्फबाट तातो आलुमा बिमला सुनारले जित हात पार्न सफल भईन ।
खाना तथा संस्कृती प्रर्दशनि सहित आयोजित उक्त कार्यक्रममा बिद्यालयमा अध्यनरत बाल बालिकाहरुले बिज्ञान कला, खानाका परीकार, नृत्य एबं भेशभुषा सहित नेपाल र नेपाली झल्किने प्रस्तुती समेत प्रर्दशनिमा राखेका थिए ।
नविन रावतको शुभकामना मन्तब्य तथा बिद्यालयका साना बालबालिकाको न्यानो हर्दिकता सहितको स्वागतबाट शुभारम्भ कार्यक्रममा एन प्याबसनका केन्द्रिय उपमहासचिव कुसुम रानाभाटले बिद्यार्थीहरुले दैनिकरुपमा प्रयोग हुने चिजहरुको प्रर्दशनिले उनीहरुमा नै उत्साह थपेको चर्चा गर्दै उनीहरुको क्षमता विकासमा थप ईटा थपिनेमा आफु बिश्वस्त रहेको बताउनु भयो ।
कोहलपुर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष लाल बहादुर राणाले समेत मन्तब्य राखेको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी कोहलपुरका सभापति दिनेश सिग्देल, बिभिन्न वडाका वडाध्यक्षहरु, एन प्याबसनका लुम्बिनी प्रदेश अध्यक्ष कुबेर बस्नेत, बिभिन्न बिद्यालयहरुका शिक्षक बिद्यार्थी तथा परीक्षा बोर्ड बांकेका प्रमुख राम सुरेश यादव लागाएतको उपस्थिती रहेको थियो ।
भिडियो