८ मंसिर २०८१, शनिबार
प्रथम कोहलपुर लाईभ कन्सर्ट तथा होली मिलन भोलि देखि

कोहलपुरलाई पर्यटन प्रर्बद्धनमा समेत योगदान दिने उद्धेश्य


  • टाइम्स संवाददाता

  • २१ फाल्गुन २०७९, आईतवार २१:०२

कोहलपुर, बांके:  बांके जिल्लाको कोहलपुरमा प्रथम कोहलपुर लाईभ कन्सर्ट तथा होली मिलन भोलि सोमबार देखि हुने भएको छ । लागु औषध तथा सामाजिक बिभेदका अन्त्य गर्रौ संबृद्ध कोहलपुर निर्माणको अभियानमा सहभागि बनौ भन्ने मुल नाराका साथ कोहलपुर न्युरोड स्थित वन कार्यालयदेखि पश्चिम मैदानमा आयोजना हुने कार्यक्रममा दर्शक प्रबेशका लागि रु २०० को टिकट शुल्क राखिएको आयोजक क्लब लेकाली युवा क्लवका अध्यक्ष रमेश पोखरेलले जानकारी दिएका छन ।

समाजमा ब्याप्त बिक्रिति बिसंगतीका बिरुद्ध आवाज उठाउने, लागु औषध दुब्र्यसनिहरुको न्युनिकरण गरि संबृद्ध समाज निर्माणमा टेवा पुगोस भन्ने हेतुले आयोजना हुन लागेको कन्सर्टमा कुनैपनि प्रायोजक नभएको र नाफाका लागि कार्यक्रमको आयोजना नगरिएको प्रष्ट पार्दै अध्यक्ष पोखरेलले कार्यक्रमबाट बचेको रकमले महिला हिंसाका बिरुद्ध अभियान सञ्चालन गर्ने, बिद्यालयस्तरमा स्यानेटरी प्याड बितरण गर्ने र लागुऔषध दु्रबेसनका बिरुज जनचेतना र पुर्नस्थापनाका सम्मका कार्यक्रम गरिने जनाएका छन ।

कन्सर्ट अबधिभर आषिस राना, सन्दिप बिष्ठ, सिर्जना खत्रि, ईन्दिरा जोशि, शिब परीयार, आस्था राउत र स्थानिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुती समेत रहने आयोजक क्लब लेकाली युवा कलबले जनाएको छ ।

कोहलपुरलाई पर्यटन प्रर्बद्धनमा समेत योगदान दिने उद्धेश्य रहेको यस कार्यक्रमले स्थानिय कला संस्कृतीको संरक्षण गर्ने, स्थानिय कलाकारहरुको प्रोत्साहन गर्ने र समाजमा भएका बिभिन्न बिभेद तथा दुब्र्यसनि न्युनिकरण गर्ने नै मुख्य उद्धेश्य रहेका छन ।

कोहलपुरलाई परीवर्तन गरि केही त गरौं भन्ने युवाहरुको एक समुह लेकाली क्लवले आयोजना गर्ने कार्यक्रमको नगर प्रमुख पुर्ण प्रसाद आचार्यले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

Nabintech