काठमाडौँ: देशभर थप २४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ सय २९ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १५ तथा एन्टिजेन विधिबाट ९ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो तथ्याङ्क गत दुई दिनमा प्राप्त एकमुष्ट विवरण हो ।