११ मंसिर २०८१, मंगलवार
संघिय सांसद ढकाल र नगर प्रमुख आचार्यद्धारा गेरुवा र रोहिणी खोलाको स्थलगत अनुगमण

भरैया जोड्ने पुल निर्माणका लागि तीनै तहका सरकारको सहकार्य आबश्यक


  • प्रमोद रिजाल

  • २१ चैत्र २०७९, मंगलवार १८:४९

कोहलपुर,बाँके:बाँकेको कोहलपुर नगरपालिका वडा नं. १३ सिराहा सिम्रहवा बाख्ला जमुनामा अबस्थित गेरुवा खोला र रोहिणी खोलाको स्थलगत अनुगमण कार्य सम्पन्न भएको छ । माननिय संघिय सांसद सुर्य प्रसाद ढकाल र कोहलपुर नगर प्रमुख पुर्ण प्रसाद आचार्यको संयुक्त टोलिले उक्त क्षेत्रको अवलोकन अनुगमण गर्दै भरैया क्षेत्रमा आम जनतामा रहेको समस्या समाधानका बिषयमा चासो ब्यक्त गरिएको छ ।

सो अबसरमा सिराहा सिम्रहवा बाख्ला जमुनाका स्थानियहरुले आफनो प्रमुख समस्या भनेको गेरुवा खोला र रोहिणी खोलामा पुल नहुदा निकै सकस झेल्नुपरेको बताएका थिए । उनीहरुले बर्षातका समयमा स्कुले वालवालिका देखि स्थानियहरुले निकै जोखिमका साथ खोला तर्नुपर्ने बाध्यता रहेको माननिय सांसद तथा नगर प्रमुखलाई अबगत गराएका थिए ।

बर्षातका समयमा भरैया जोडने पुल नहुदा बिरामी तथा सुत्केरी हुने महिलाहरुलाई बेलैमा स्वास्थ्य संस्थामा लैजान समेत नसकिने भन्दै स्थानियहरुले कोहलपुर जस्तो ठाउमा दुर्गमको दुर्गती भोग्नुपर्ने आफुहरुको बाध्यतालाई चिर्न सांसद एबं नगर प्रमुखसंग अनुरोध गरे ।पुल नहुदा घाँस दाउरा गर्न मात्र नभई आफनो बारीमा उत्पादित बस्तुहरु बजार सम्म लैजान समेत कठिन हुने गरेको नियतीबाट आफुहरु गुज्रिरहेको भन्दै स्थानियबासिहरुले यथाशिघ्र पुलको ब्यबस्था गर्न माग समेत राखे ।

सो अबसरमा माननिय संघिय सांसद सुर्य प्रसाद ढकालले यस क्षेत्रको समस्याबारे आफु चिरपरिचित रहेको भन्दै पुल निर्माणका निम्ति आफुले संघिय सरकार संग पहल गर्ने बताए । उनले चुनावको बेला समेत आफुले यो पुल निर्माण गर्न पहल गर्ने प्रतिबद्धता गरेको कुरा स्मरण गर्दै यथाशिघ्र परियोजना सञ्चालन हुनेमा विश्वस्त रहन स्थानिय वासिहरुलाई आग्रह गरे ।

उनले स्थानिय सरकारको बजेटले मात्र संभव नहुने भन्दै तीनै तहका सरकारको पहल तथा सहकार्यमा पुल निर्माण हुने समेत बताए ।
कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्यले पुल निर्माणकालागि प्राबिधिक स्टेमेट सहित संघ र प्रदेशमा पहल गर्न आफुले पुल निर्माणका लागि स्थानीय सरकारको हैसियतले गर्न सक्ने पहलमा कुनै कसर बाँकी नहुने बताए ।

अनुगमणका क्रममा नगर उप प्रमुख संगिता सुबेदी, वडा नं. १२ का वडा अध्यक्ष एबं नेपाली कांग्रेस कोहलपुर नगर समिती सभापति वीरेन्द्र कुमार शाह, वडा नं. १३ का वडा अध्यक्ष डम्मर बहादुर खडका, नेकपा एमालेका प्रदेश सदस्यहरु बलराम भट्टराई, गोपाल गिरी, सुरेन्द्र थापा, नेकपा एमाले कोहलपुर नगर कमिटी अध्यक्ष नम प्रसाद शर्मा, सचिव गोमा खनाल, कोहलपुर साना शहरी खानेपानी तथा उपभोक्ता संस्थाका कोषाध्यक्ष एक नारायण चापागाई लगाएत स्थानियहरुको उपस्थिती रहेको थियो ।

Nabintech