१४ मंसिर २०८१, शुक्रबार
पशु स्वास्थ्य तथा परिजिवी नियन्त्रण सम्बन्धि घुम्ती शिविर सम्पन्न

पशु स्वास्थ्य शाखाले यसअघि ८ वटा शिविर गरिसकेको छ


  • टाइम्स संवाददाता

  • २५ चैत्र २०७९, शनिबार १२:३५

कोहलपुर,बाँके: बाँकेको कोहलपुर नगरपालिका वडा नं.९ झन्डहवामा आज शनिबार नि:शुल्क पशु स्वास्थ्य तथा परिजिवी नियन्त्रण सम्बन्धि घुम्ती शिविर सम्पन्न भएको छ । कोहलपुर नगरपालिका नगर पशु स्वास्थ्य शाखाको आयोजनामा शुरु गरिएको शिविरमा पशुहरुको उपचार, परिजिवी नियन्त्रण, बन्ध्याकरण, रोग नियन्त्रण खोप सहितको सेवा प्रबाह गरिने पशु स्वास्थ्य शाखा प्रमुख गोबिन्द रोकाले जानकारी दिए ।

उनका अनुसार भेटेनरी अस्पताल तथा पशु चिकित्सक सेवा विज्ञ केन्द्र नेपालगन्जका डा. रुपेन्द्र कुमार वली, पशु शाखाका चिकित्सक डा.मनोज कार्की, शाखा अधिकृत तिलक प्रसाद आचार्य, दिपा शर्मा, नवीना थापा, लोकेन्द्र बुढा, मिन बिक, धर्मे थारु, भ्याक्सिनेटर टिम, ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताको टिम शिविरमा खटिएको थियो ।

शिविरको उद्धघाटन शत्र कोहलपुर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष ओपेन्द्र नाथ योगीको सभापतित्व तथा सामाजिक विकास समितिका संयोजक अनिता बुढाको प्रमुख आथित्यतामा भएको थियो ।

कार्यक्रममा कार्यपालिका सदस्य सुनिता बिष्ट राना, वडा सदस्य लल्लन अलि सार्इ लगायतको उपस्थिति रहेको थियो । पशु स्वास्थ्य शाखाले यसअघि ८ वटा शिविर गरिसकेको छ । पशुपालन किसान भएका वडाहरुलाई लक्षित गरि शिविर आयोजना गरिएको जनाईएको छ ।

 

Nabintech