११ मंसिर २०८१, मंगलवार
तक्षशिला एकेडमीको अभिभावक भेला तथा अन्तरक्रिया सम्पन्न

शैक्षिक गुणस्तर विकासमा अभिभावकहरुको सदैव साथ सहयोग रहने


  • टाइम्स संवाददाता

  • २५ चैत्र २०७९, शनिबार १५:२०

कोहलपुर,बाँके:बाँके कोहलपुर १० मा रहेको तक्षशिला एकेडमी बाँकेको अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम आज शनिबार कोहलपुर पार्टि प्यालेसमा सम्पन्न भएको छ। विद्यालयका अध्यक्ष विष्णुप्रसाद बेल्बासेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रिन्सिपल मुकुन्द्रबिक्रम शाहले आगामी शैक्षिक सत्र २०८०को शैक्षिक कार्ययोजना प्रस्तुत गरेका थिए।

उक्त अवसरमा शैक्षिक सल्लाहकार सदस्य खोपिराम वली, सञ्चालक मन्जु कोइरालाले विद्यालय गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा प्रयासरत रहेको बताए ।अभिभावकको अपेक्षा, समय र विद्यार्थीको आवश्यकता अनुसारको शैक्षिक वातावरण निर्माणको अभियानमा आफूहरू रहेको बताए ।

साहित्यकार एबं बाह्य सम्पर्क तथा समन्वय सल्लाहकार पुष्कर रिजालले तक्षशिला पश्चिम क्षेत्रको नमुना विद्यालय बनाउन शिक्षक, अभिभावक र सिंगो समाज सक्रिय देखिनु सकारात्मक रहेको बताए । उनले आजको दिनमा अभिभावकीय भूमिका बोर्डिङमा भर्ना गरेर मात्रै पूरा नहुने घरमा पनि समय दिनुपर्नेमा जोड दिए। निकै उत्साहपूर्ण सहभागिता रहेको उक्त कार्यक्रममा अभिभावकहरुले विद्यालयको शैक्षिक गुणस्तर विकासमा आफुहरुको सदैव साथ सहयोग रहने बताए।

विद्यालयको भावी योजनामा अभिभावकहरुको रुचिपुर्ण सुझाव र ऐक्यबद्धताले आफूहरू निकै उत्साहित रहेको भन्दै अध्यक्ष बिष्णुप्रसाद बेल्बासेले भेलामा आएका अभिभावकहरुलाई सबैलाई धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षिका इन्दिरा चन्दले गरेकी थिईन ।

 

Nabintech