१० मंसिर २०८१, सोमबार
देशको बैकल्पिक शक्ति युवासंघ हो:वस्नेत

बाघ र जैबिक बिबिधता तथा बाँके बर्दियाको पर्यापर्यटन र संरक्षण अभियानको पृष्ठपोषण संगै युवा संघलाई निडर एबं हक्कि बाघसंग तुलना


  • टाइम्स संवाददाता

  • २६ चैत्र २०७९, आईतवार १३:१७

नेपालगञ : देशको बैकल्पिक शक्ति युवा संघ भएको नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा युवा संघ नेपालका ईन्चार्ज महेश बस्नेतले दावि गरेका छन । जव जव देशमा अप्ठयारो परिस्थिती आउछ तव तव युवा संघ शतिशाल झैं ठिङ्ग उभिने गरेको स्मरण गर्दै पुर्व उद्योगमन्त्री समेत रहेका वस्नेतले युवा संघलाई बाघको रुपमा चित्रण गरे । भोलि सोमबारदेखि नेपालगञ्जमा शुरु हुने युवा संघको नवौं राष्ट्रिय महाधिवेशनका अबसरमा आज नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा नेता वस्नेतले यस्तो बताएका हुन ।

दोहोरो भिडन्तका बेला बाहेक रिसिईबिका कारण अनाहक मारिएकाहरुको न्यायीक छानविन गरिनुपर्छ भन्ने निरन्तर आवाज युवासंघले उठाईरहेको चर्चा गर्दै नेता वस्नेतले माओवादि ज्याजतिका बिरुद्ध युथ फोर्स लागेकै कारण युवाहरुले सहिबाटो अंगाल्न सकेको जिकिर गरे ।
युवा संघले राष्ट्र र राष्ट्रियत तथा जनजिविकाका सवालमा जहिले पनि सरकारलाई खबरदारि गर्ने जनपक्षिय कामको सर्मथन र जनबिरोधि कामको भण्डाफोर गर्ने निति रहेको भन्दै यथास्थितीमा रमाउने नेपाली काङ्ग्रेस र स्थिरता नचाहने माओबादिको नेतृत्व देशले पाउदा सम्म नेपाली जनताले असलि लोकतन्त्रको आभाष गर्न नसक्ने बताए ।

बस्नेतले राष्ट्रवादी शक्तिलाई अहिले दानवत्वकरण गर्ने प्रयास गरिएको भन्दै असन्तोष व्यक्त गर्नुभएको छ । ‘कतिपय राष्ट्रवादी शक्ति छन्, तिनीहरूलाई दानवत्वकरण गरिने, दारा नङ्गा हालिदिने, त्यो दानवत्वकरण गरिएका शक्तिमा हामी पनि पर्छौँ, एकथरी निश्चित मानिसलाई देवत्वकरण गरिने, दानवका रूप भएका मानिसलाई देवत्वकरण गरिने प्रयास हो त्यो’, उहाँले भन्नुभयो ।

मानव अधिकार उलङ्घनका गम्भीर प्रकृतिका घटनामा संलग्नलाई माफी दिन नसकिने भन्दै नेता वस्नेतले त्यस्ता घटनामा संलग्नलाई माफी दिँदा मानवअधिकार मर्ने र अराजकतावादी शक्ति मौलाउने बताए ।

पत्रकार सम्मेलनमा युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले नवौं राष्ट्रिय महाधिबेशनको सम्पुर्ण तयारी पुरा भएको बताउदै देशभरबाट २००० प्रतिनिधिहरुको सहभागिता रहने बताए । उदघाटन शत्रमा १० हजार युवाहरुको सहभागिता रहने भन्दै अध्यक्ष वस्नेतले सकेसम्म सहमतिमा भुगोल, क्षेत्र तथा प्रदेशबाट प्रतिनिधित्व रहने गरि १७ सदस्य रहेको केन्द्रिय कमिटि रहने चर्चा गरे ।

नवौं राष्ट्रिय महाधिवेशनको लोगो बाघ नै किन त भन्ने पत्रकारहरुको प्रश्नमा बाघ र जैबिक बिबिधता तथा बाँके बर्दियाको पर्यापर्यटन र संरक्षण अभियानको पृष्ठपोषण संगै युवा संघलाई निडर एबं हक्कि बाघसंग तुलना गर्दै राखिएको प्रष्ट पारे । युवा संघको नेतृत्व चयनमा कस्ता प्रक्रिया अपनाईने छ भन्ने प्रश्नमा अध्यक्ष पौडेलले प्रतिनिधिहरुको अन्तिम राय बमोजिम नै छनौट हुने उल्लेख गरे । उनले ब्यालेट मात्र लोकतन्त्र भन्ने बुझाई भएको भन्दै सहमती झन एक सय प्रतिशत लोकतान्त्रिक पद्धती रहने जिकिर गरे ।

महाधिवेशन उदघाटन समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष रामबहादुर थापा बादल, महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य एवम् मोर्चा संगठन इन्चार्ज भानुभक्त ढकाल, लगायतका नेताहरु सहभागि समेत अध्यक्ष पौडेलले जानकारी दिए ।
पत्रकार सम्मेलनमा युवा संघका पदाधिकारीहरु, संघिय सांसद सुर्य प्रसाद ढकाल, नेकपा एमालेका जिल्ला अध्यक्ष किस्मत कुमार कक्षपति, पत्रकार गरि ५ दर्जन बढिको सहभागिता रहेको थियो ।

Nabintech