१० मंसिर २०८१, सोमबार
युवा संघकाे अध्यक्षमा क्षितिज थेवे, यी हुन् सर्वसम्मत पदाधिकारी

लेखा आयोगको प्रमुख सन्तोष चौलागाईँ, उपप्रमुखमा नानीराम तिवारी र सचिवमा प्रवीण बोगटी


  • टाइम्स संवाददाता

  • ३० चैत्र २०७९, बिहीबार १५:५४

नेपालगञ्ज: नेकपा एमालेकाे युवा संगठन राष्ट्रिय युवा संघ नेपालकाे अध्यक्षमा क्षितिज थेवे सर्वसम्मत रुपमा निर्वाचित हुनुभएकाे छ । बाँकेकाे नेपालगञ्जमा जारी युवा संघकाे नवाैं राष्ट्रिय महाधिवेशनबाट थेवे सर्वसम्मत रुपमा अध्यक्ष चयन हुनुभएकाे हाे । थेवे युवा संघका निवर्तमान महासचिव हुनुहुन्छ ।

उपाध्यक्षमा अमित लामा, पुष्पराज श्रेष्ठ, कृष्णहरि केसी, महाराज गुरुङ, सीता सुवेदी, रमेश तिवारी र प्रकाश गाैतम सर्वसम्मत निर्वाचित हुनुभएकाे छ । महाधिवेशनबाट महासचिवमा सुमन पुरी सर्वसम्मत निर्वाचित हुनुभएकाे छ । यसै गरी उपमहासचिवमा महेन्द्र गुरुङ र राजन थापा सर्वसम्मत हुनुभएको छ ।

उपमहासचिवमा थप तीन जनालाई प्रोटोकलमा व्यवस्थापन गर्ने गरी सचिवमा नौ जनाको नाम सर्वसम्मत भएको छ । जसमा विनय शाह, खेम शर्मा, जय गुरुङ, मोहविन आलम, अनिता कन्दङ्वा, देवानन्द मेहता, बिसा चन्द, पर्वत भण्डारी, कुवेर अधिकारी रहनुभएको छ । आर्थिक विभाग प्रमुखको जिम्मेवारी राकेश राईलाई दिइएको छ ।

यसै गरी ५ जना उपमहासचिव सरह प्रोटोकल रहने विभागका प्रमुखहरू तोकिएको छ । पाँच जना सचिव सरह प्रोटोकल रहेन विभागका उपप्रमुख राख्ने निर्णय भएको छ ।

लेखा आयोगको प्रमुख सन्तोष चौलागाईँ, उपप्रमुखमा नानीराम तिवारी र सचिवमा प्रवीण बोगटी चुनिनु भएको छ । अनुशासन आयोगको प्रमुख, उपप्रमुख र सचिवमा राकेश लामा, दीपेश खड्का र राजन नेपाली चुनिनुभएको छ । निर्वाचन आयोगको प्रमुख, उपप्रमुख र सचिवमा बलराम बेलबासे, बाबु छतकुली र गोपाल नेपाली चुनिनु भएको छ । चैत २७ गतेदेखि सुरु भएकाे महाधिवेशनबाट २ सय ८३ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ ।

यी हुन् सर्वसम्मत पदाधिकारी

अध्यक्ष
क्षितिज थेवे

उपाध्यक्ष
अमित लामा
पुष्प श्रेष्ठ
कृष्णहरी केसी
महाराज गुरुङ
सीता सुवेदी
रमेश तिवारी
प्रकाश गौतम

महासचिव
सुमन पुरी

उपमहासचिव
महेन्द्र गुरुङ
राजन थापा (कर्णाली)

सचिव
विनय शाह (सुदूरपश्चिम)
खेम शर्मा (लुम्बिनी)
जय गुरुङ
मोबिन आलम
अनिता कन्दंगवा
देवानन्द मेहता (मधेश प्रदेश)
बिष्णा चन्द (महिला)
पर्वत भण्डारी
कुवेर अधिकारी (कर्णाली प्रदेश)

कोषाध्यक्ष (आर्थिक विभाग)
राकेश राई – प्रमुख

लेखा आयोग
सन्तोष चौलागाईं – प्रमुख
नानीराम तिवारी – उपप्रमुख
प्रविन – सचिव

अनुशासन आयोग
राकेश लामा – प्रमुख
दिपेश खड्का – उपप्रमुख
राजन नेपाली – सचिव

निर्वाचन आयोग
बलराम बेलबासे – प्रमुख
बाबु छतकुली – उपप्रमुख
गोकर्ण नेपाली – सचिव

Nabintech