१६ कार्तिक २०८१, शुक्रबार
बाँके पितमारीको सार्वजनिक जग्गा कब्जा गर्न खोज्ने ३ जना पक्राउ

पिडकहरुले पिडितहरुबाट प्रतिब्यक्ति ५०० का दरले रकम उठाएको खुलाशा


  • टाइम्स संवाददाता

  • १ बैशाख २०८०, शुक्रबार १५:१८

कोहलपुर, बाँके: बाँके र बर्दिया जिल्लाका बिभिन्न स्थानको सार्बजनिक जग्गा दिलाई दिने झुट्टा प्रलोभन देखाई ठगी गर्ने ३ जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राऊ गरेको छ। पक्राऊ पर्नेमा, जिल्ला जाजरकोट कुसे गाँउपालिका वडा नं ५ बस्ने बर्ष ३८ को मोहनजंग शाह, सोही ठाउँका नलगाड न.पा. वडा नं ११ बस्ने बर्ष ४४ को नरे कामी र जिल्ला डोल्पा ठुलोभेरी न.पा. वडा नं ७ बस्ने बर्ष ६० की सुनरूपा ठकुल्ला रहेका छन् ।

उनीहरूले पहाडी जिल्ला डोल्पा,रूकुम,जाजरकोटका मानिसहरूलाई तराईका जिल्लाहरू बाँके र बर्दियामा जग्गा बितरण भैरहेको छ भनी झुठो आश्वासन दिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुन्दर तिवारीले बताए। ती पिडकहरुले पीडित ब्यक्तिहरूबाट फारम भरेमा जग्गा उपलब्ध हुन्छ भनी प्रति ब्यक्ति रू ५०० उठाएको डिएस्पी तिवारीले बताए ।

डिएसपी तिवारीका अनुसार, पहाडी जिल्ला डोल्पा,रूकुम,जाजरकोटका मानिसहरूलाई कोहलपुर र नेपालगन्ज क्षेत्रका बिभिन्न होटलहरूमा ल्याई राखेको र २७ चैत्रमा करिब ५/६ सय जना मानिसहरूलाई राति बैजानाथ गाउपालिका वडा नं.२ पितमारी स्थित रहेको खाली जमिन आफनो कब्जामा लिई राखेका थिए । उक्त कार्य गरि ठगी गर्ने ३ जनालाई पक्राऊ गरी ८ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Nabintech