काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नवौँ चरणका खेल सुरु हुँदैछ। शनिबार तीन खेल हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।
च्यासल मैदानमा हुने पहिलो खेलमा मनाङ मस्र्याङ्दी र जावालाखेल तथा दशरथ रंगशालामा सोही समयमा हुने अर्को खेलमा मच्छिन्द्र फुुटबल क्लबले र न्यूरोड टिम एनआरटीको सामना गर्नेछ। साँझ पौने ६ बजे दशरथ रंगाशालामा हुने खेलमा त्रिभुवन आर्मी र खुमलटारबीच प्रतिस्पर्धा हुनेछ।
जारी लिगमा १६ अंकसहित सातदोबाटो शीर्ष स्थानमा छ। १५ अंकको मनाङ दोस्रो तथा १४ अंकको चर्च ब्वाइज तेस्रो स्थानमा छ। लिगको पुछारमा रहने दुई टोली स्वतः बी डिभिजनमा घटुवा हुने छ ।