१० मंसिर २०८१, सोमबार
घुइयाबारी सडकको काम सूचारु हुने : मन्त्रि ज्वाला

यातायात कार्यालय कोहलपुर स्तान्तरण गर्न पहल गर्ने


  • टाइम्स संवाददाता

  • २ बैशाख २०८०, शनिबार ०९:०४

कोहलपुर,बाँके : नेकपा एकिकृत समाजबादिका पोलिटब्युरो सदस्य एबं नेपाल सरकारका भौतिक पुर्बाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले घुइयाबारी सडकको काम सूचारु हुने बताएका छन । कोहलपुर नगर पालिकाद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्रि ज्वालाले सडक, पुर्बाधार एबं यातायात कार्यालय कोहलपुर स्तान्तरण गर्न पहल गर्ने बताए।

मन्त्री ज्वालाले घुइयाबारी सडकको काम सूचारु गर्न कुनै कसुर बाँकी नराख्ने भन्दै बाँके सल्यान जोडने एकमात्र सडक चप्परगौरी खडकवार घुईयाबारि जोडन आफनो तिब्र चहाना समेत रहेको बताए।

शनिबार आज कोहलपुरमा आयोजित कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष बिरेन्द्र कुमार शाह , वडा न २ का अध्यक्ष हरसिङ् कठायत लगायतले बिकासका कार्यक्रम समाबेश गर्न माग गरेका थिए । कोहलपुर क्षेत्रका नागरिक, जनप्रतिनिधि, नेकपा एकिकृत समाजबादिका नेता कार्यक्रता लगाएत उपस्थित कार्यक्रम कोहलपुर नगर पालिकाकि उपप्रमुख संगीता सुबेदिको अध्यक्षतामा भएको थियो।

Nabintech