१० मंसिर २०८१, सोमबार
कोहलपुर खानेपानीको अधिवेसन जेठ २ गतेलाई तय (सुचना सहित)

कोहलपुर वृहत शहरी खानेपानी तथा उपभोक्ता संस्थामा अब युवाको नेतृत्व आउनुपर्ने


  • संजय मण्डल

  • ३ बैशाख २०८०, आईतवार १६:०७

कोहलपुर,बाँके: बाँके जिल्लाको कोलपुरमा रहेको कोहलपुर वृहत शहरी खानेपानी तथा उपभोक्ता संस्थाको ८ औं बार्षिक साधारण सभा तथा अधिवेसन यहि जेष्ठ २ गतेलाई तय भएको छ ।

संस्थाको बैशाख १ गते बसेको ४२९ औं बैठकको निर्णय अनुसार ८ औं बार्षिक साधारण सभा तथा अधिवेसन सम्पन्न हुन लागेको हो । कोहलपुर शित भण्डारको सभाहलमा विहान १० बजे देखि हुने साधारण सभा तथा अधिवेशनमा हुने भन्दै संस्थाका आम उपभोक्ता, बिभिन्न दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, कर्मचारी, पत्रकार, सर्वसाधारण लगाएत सरोकारवालाहरुलाई उपस्थितीका लागि चुनाव प्रचार प्रसार उपसमितीका संयोजक एक नारायण चापाईले आब्हान समेत गरेका छन ।

२०७९ भाद्र ११ गते देखि बिभिन्न मितीमा निर्वाचित भएका प्रतिनिधिहरु समेत सुचित गर्दै संयोजक चापागाईले बैशाख ३ गते देखि ३१ गते सम्म अनिवार्य रुपमा प्रतिनिधि परिचय पत्र समेत लिईसक्न अनुरोध गरेका छन ।

बिभिन्न कारणले लामो समय सम्म साधारण सभा तथा अधिवेसन नहुदा उपभोक्ताहरुमा निराश छाईरहेका बेला आब्हान गरिएको अधिवेसनको आब्हानले आम उपभोक्ताहरुमा उत्सुकता छाएको छ ।

अव खानेपानीको नेतृत्व युवाहरुले गर्नुपर्छ भन्दै कोहलपुर १० का युवा उपभोक्ता संजय मण्डलले आफुले पनि नेतृत्वका लागि दावि गर्ने बताएका छन । आम कोहलपुरबासिको आधारभुत आबश्यकता पुरा गर्न नेतृत्व सवल र सक्षम हुनुपर्ने भन्दै कोहलपुर वृहत शहरी खानेपानी तथा उपभोक्ता संस्थामा अब युवाको लहर आउनुपर्ने बताए ।
सामान्य समस्या समेत समाधान गर्न नसक्ने नेतृत्वदेखि हामी थाकि सकेका छौ राजनितीक र हाम्रा हैन राम्रा र सक्षम नेतृत्व आवस मण्डलको थप कथन रहेको छ ।

Nabintech