काठमाण्डौ:शंकास्पद रूपमा तीनतले घरको छतबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा ‘शम्भु’को स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जानकारी दिएको छ। चालक थापा सोमबार बिहान ३ बजेर ५४ मिनेटमा भरतपुर महानगरपालिका–११ स्थित घरको छतबाट खसेर गम्भीर घाइते भएपछि उनलाई पुरानो मेडिकल कलेजमा भर्ना गरिएको छ।
‘उँहा अझै पनि होसमा आउन सक्नुभएको छैन्’, डा. केसीले मंगलबार बिहान भने ‘अहिले नै केही भनिहाल्न सक्ने अवस्था छैन। अस्पताल ल्याउँदा भन्दा स्वास्थ्यमा केही सुधार आए पनि अवस्था क्रिटिकल (गम्भीर) नै छ, स्वास्थ्य स्टेबल (स्थिर) नै छ।’ थापाले आज बिहान पिसाब फेरेपछि स्वास्थ्यमा केही सुधार आउने अपेक्षा गरिएको डा. केसीले कोहलपुर टाईम्सलाई बताए।