काठमाडौं : सनराईजर्स हैदराबादले ईन्डियन प्रिमियर लिग आईपीएलमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। दिल्लीको घरेलु अरुण जेट्ली क्रिकेट स्टेडियममा हैदराबाद ९ रनले विजयी भएको हो।हैदराबादले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो।
दिल्लीका लागि फिलिप साल्ट र मिचेल मार्शले अर्धशतकीय ईनिङ खेले। मार्शले ५९ रन बनाए। १ सय १२ रनमा १ विकेट गुमाएको अवस्थाको दिल्लीले निरन्तर विकेट गुमाउदा हार व्यहोर्न पुग्यो। प्रियम गर्गले ९ बलमा १२ रन बनाउँदा अक्षर पटेलले १४ बलमा २९ रन बनाउँदै अविजित रहे। हैदरावादका लागि मंयक मार्कन्डेले २ तथा भुवनेश्वर कुमार,टि नटराजन,अमिल हुसेन र अकिल हुसेनले समान १र१ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो।
हैदराबादका लागि ओपनर अभिषेक शर्माले ६७ रनको अर्धशतकीय ईनिङ खेले। हेनरिक क्लेसनले अविजित ५३ रन बनाए। दिल्लीका लागि मिचेल मार्शले ४ ओभरमा २७ रन खर्चिएर ४ विकेट लिए । इशान्त शर्मा र अक्षर पटेलले समान १र१ विकेट लिए।
आठ खेलमा तीन जित र पाँच हारका साथ हैदरावाद लिगको आठौं स्थानमा उक्लिएको छ। आठ खेलमा छ हार व्यहोरेको दिल्ली पुछारमा रहेको छ।