१४ मंसिर २०८१, शुक्रबार
डोल्पामा पहिलो पटक गाडी पुग्यो

२०७६ सालमा राष्ट्रिय सडक सञ्जालले छोएको डोल्पामा जीपमात्रै गुड्दै आएको थियो


  • टाइम्स संवाददाता

  • २७ बैशाख २०८०, बुधबार १५:०४

डोल्पा: राष्ट्रिय राजमार्गसँग जोडिन बाँकी रहेको नेपालको हिमाली जिल्ला डोल्पामा पहिलो पटक यात्रुवाहक बस पुगेको छ । सोमबार बाँकेको नेपालगन्जबाट हिँडेको बस मंगलबार डोल्पा सदरमुकाम दुनै आइपुगेको हो । यससँग अब डोल्पा राष्ट्रिय राजमार्गसँग पनि जोडिएको छ ।

डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि पहिलो पटक भेरी राप्ती यातायात प्रालि र नमस्ते सगरमाथा यातायात प्रालिको १/१ वटा बस डोल्पा आइपुगेको जिल्ला प्रशासन कार्यालयले डोल्पाले जनाएको छ । २०७६ सालमा राष्ट्रिय सडक सञ्जालले छोएको डोल्पामा जीपमात्रै गुड्दै आएको थियो।

केही महिनायता डोल्पा जाजरकोट सडकखण्डअन्तर्गत डोल्पाको भेरी नदीमा बेलिब्रिज बनेसँगै डोल्पामा बस पुगेको हो । अब राष्ट्रिय राजमार्गसँग जोडिन हुम्ला जिल्ला मात्र बाँकी छ । राष्ट्रिय गौरबको आयोजना कर्णाली करिडोर नेपाली सेनामार्फत् नर्मिाण कार्य भइरहेको छ ।

करिडोरको हुम्ला खण्डको ६ किलो मिटर सडक निर्माणको काम बाँकी छ । राजमार्गअन्तरगत केही खोलामा पुल निर्माणको काम पनि बाँकी छ । उक्त बाँकी रहेको सडक निर्माण र झण्डै एक दर्जन खोलामा पुल निर्माण भएपछि हुम्ला पनि राष्ट्रिय राजमार्गसँग जोडिने छ ।

Nabintech