कोहलपुर,बाँके: कोहलपुर १० रामनगरमा रहेको जिवन ज्योती स्कुलले अबैध रुपमा बिद्यार्थी होल्ड गर्र्नेहोल्डिङ केन्द्र कोहलपुरका बिभिन्न ठाउमा बाल विकास शैलिमा सञ्चालन गरेको भन्दै सम्बन्धित निकाय शिक्षा तथा खेलकुद शाखा कोहलपुरले आबश्यक कारबाहि गर्न भन्दै पत्राचार गरेको छ ।
यस अघि यसरी सञ्चालित होल्डिङ केन्द्रहरुमा कोहलपुर टाईम्स पुगि फोटो सहितको समाचार समेत प्रकाशित गरि सकेको अबस्थामा ढिलै भएपनि अबैध रुपमा सञ्चालित होल्डिङ सेन्टरहरुको बारेमा नगर शिक्षा एक्सनमा जानु आम नागरिक तथा शिक्षा क्षेत्रका ब्यक्तिहरुले समेत सकारात्मक रुपमा लिएका छन ।
नगर शिक्षाको चलानि नं।३७९ को पत्रको ब्यहोरा बमोजिम जनगुनासोलाई सम्बोधन गर्दै २१ गते अनुगमण सम्पन्न गरि कोहलपुर नगरपालिका वडा नं। १५ अकलघरुवा र वडा नं ७ को लखनामा भवन निर्माण गरि बालबिकास जस्तै शैलिका कक्षा सञ्चालन गरि अध्यापन गराईरहेका शिक्षिका सहित फेला पारेको उल्लेग गरिएको छ । शिक्षकले समेत बिगत ८ बर्षदेखि त्यस्ता कक्षाहरु सञ्चालनमा आएको बताएपछि बिद्यालयलाई ति केन्द्रहरु बिद्यालय मातहतका हुन कि हैनन? यदि हुन भने कुन कानुनको अधिनमा रहि खोलिएको हो? कक्षा सञ्चालन गर्न कुन निकायको अनुमति लिईएको हो ? यदि नियम बिपरीत खोलिएको हो भने तत्काल बन्द किन नर्गने? भन्दै तीन दिन भित्र पुष्टि गर्ने आबश्यक प्रमाण तथा बिद्यालय ब्यबस्थापन समितीको निर्णयको प्रतिलिपि सहित जवाफ पेश गर्न भनिएको छ । यदि बिद्यालय मातहतमा सञ्चालन गरेको भए एक हप्ता भित्र बन्द गर्न चेतावनि सहित नगरेमा प्रचलित कानुन बमोजिम हुने सम्म उक्त पत्रमा उल्लेख गरिएको छ ।
यसैबिच अनेरास्ववियुका केन्द्रिय सदस्य सुमन घिमिरेले बिद्यालय नसच्चिए बिदार्थीहरु कडा आन्दोलनमा जाने भन्दै अबैध कार्यको भत्र्सना गरेका छन । उनलेसरकार र राज्य मै हु भन्ने घमन्ड भएको जिबनज्योतिलाइ तत्काल कारवाही गर्नुपर्छ । नगर शिक्षा , नगरपालिका कसैलाइ नमानी आफू खुसी बिद्यार्थी पढाउन मिल्दैन । के उद्देश्य हो यिनिहरुको यसरी पढाउनुको? सम्बन्धित निकायले सुक्ष्म अध्यन गरोस भन्दै प्रचलित नियम अनुसार कारवाही गर्न र तत्काल गैर कानुनी कक्षा बन्द गर्नलाइ सम्बन्धित पक्षको ध्यानाकर्षन समेत गराएका छन ।