१० मंसिर २०८१, सोमबार
भोलि कोहलपुर खानेपानीको साधारण सभा तथा अधिबेशन

बन्द शत्रमा वडा वडाबाट चुनिएका प्रतिनिधिहरुले मात्र प्रबेस पाउने छन भने चुनावी प्रक्रियामा गए आम उपभोक्ताले मतदान गर्न सक्ने


  • टाइम्स संवाददाता

  • १ जेष्ठ २०८०, सोमबार १३:४०

कोहलपुर,बाँके: बाँके जिल्लाको कोहलपुर नगरपालिकामा रहेको कोहलपुर वृहत शहरी खानेपानी उपभोक्ता संस्थाको आठौं वार्षिक साधारण सभा तथा अधिवेशन भोलि मंगलबार कोहलपुर स्थित भेरी शित भण्डारको सभा हलमा सम्पन्न हुने भएको छ । सभा तथा अधिबेशनको समपुर्ण तयारी पुरा भएको भन्दै प्रचार प्रसार उप समितीका संयोजक एक नारायण चापागाईले आम प्रतिनिधिहरुहरुलाई तोकिएको समयमा कार्यक्रममा उपस्थित हुन समेत आब्हान गरेका छन ।

७ बर्षदेखि साधारण सभा हुन नसकेको कोहलपुर वृहत शहरी खानेपानी उपभोक्ता संस्थाको आठौं वार्षिक साधारण सभा तथा अधिवेशनलाई आम उपभोक्ताहरुले चासोको रुपमा लिएका छन । २ कार्यकाल चलाएका नर बहादुर मल्ल पुन अध्यक्षमा निर्बाचन गरे आफुले कोहलपुर वृहत शहरी खानेपानीमै रहेर काम गर्ने मनस्थितीमा रहेको जनाएका छन भने कोषाध्यक्ष पनि जिम्मेवारी दिए आफु पछि नहटने जनाएका छन । सचिव रहेका प्रेम बहादुर कटुवाल क्षेत्रि भने पर्टिको जिम्मेवार बहन गर्न दैलेख जाने भन्दै नेतृत्वमा नआउने भएका छन ।

यस अघि दलगत भागबण्डाका आधारमा कार्यसमिती चयन भएको थियो जस्मा अध्यक्ष काङग्रेसलाइर्, उपाध्यक्ष र कोषाध्यक्ष एमालेलाई र नेकपा माओबादिलाई सचिव पद दिईएको थियो । उपाध्यक्ष पदका शोभाखर जैसि अधिकारीले यस अघि नै राजिनामा दिईसकेका छन भने हाल कार्यसमिती १० सदस्यिय रहेको छ ।
भोलि हुने भनिएको खानेपानीको चुनावमा अपभोक्ताहरुले नयाँ युवा पिढिले नेतृत्व सम्हाल्न पर्ने वकालत शुरु गरेका छन । उनीहरुले राजनैतिक भाग बण्डा भन्दा पनि काम गर्न सक्ने जोशिला युवाहरु अबको खानेपानीलाई आबश्यकता रहेको औंल्याएका छन ।

कोहलपुर १० का बिनोद सामन्तले कम्प्लेन गरेको बर्ष दिन सम्म पानी दिन नसक्ने, कम्प्लेन सुन्नै नचाहिने अहिलेको नेतृत्वले अब खानेपानीलाई पार लाउन नसक्ने भन्दै स्वतन्त्र युवाहरु आउनै पर्ने बताए । यसै गरि कोहलपुर ११ टाउन प्लानीङका बेदराज घिमिरेले पाईप फुटेर बाटो भरी असरल्ल पानी हुदा सम्म पाईप मर्मत गर्न नसक्ने , सुचना दिंदा पनि सुचनाको सुनुवाई नगर्ने नेतृत्व अब आबश्यक नरहेको भन्दै भोलि हुने अधिबेशनबाट युवाहरु नै आउनुपर्ने औंल्याएका छन ।

Nabintech